काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाली टोली सेमिफाइनलमा पुगेको छ।
नेपाली टोली सेमिफाइनलमा पुगेसँगै कम्तीमा कास्य पदक पक्का भएको छ।
बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको हो।
महिला टोली सेमिफाइनलमा पुगेसँगै जारी एसियाडमा दोस्रो कास्य पदक पक्का भएको हो।
समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले हराएको थियो। दोस्रो खेलमा चाइनिज ताइपेइसँग ३७–१८ ले पराजित भएको थियो।
समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएपछि थाइल्यान्ड पनि समूह चरणबाटै बाहिरिएको छ।
समूह बी बाट नेपाल र चाइनिज ताइपेइले सेमिफाइनलमा स्थान बनाएका छन्।
नेपाली टोलीले समूह चरणमा २ जित र १ खेलमा हार भोगेको हो। श्रीलंकाले भने समूह चरणका सबै खेलमा हार व्यहोरेको छ।
महिला कवड्डी टोलीले अघिल्लो संस्करण पनि एसियाडमा कास्य पदक जितेको थियो।
अब नेपालले सेमीफाइनलमा इरान र भारतमध्ये एउटासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।