काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि तय गरिएको लोगो र नारालाई सार्वजनिक गरेको छ।
कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्दै ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको जानकारी दिएको हो।
कांग्रेसले १५औँ महाधिवेशनको केन्द्रीय कार्यक्रम असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यसअघि नै तय गरिसकेको छ।
महाधिवेशन प्रक्रियाअन्तर्गत असोज १० गते प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गर्ने कांग्रेसको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।