• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको नीति, कार्यक्रम र बजेट कस्तो हुनु पर्छ?

64x64
कल्पना घिमिरे मंगलबार, चैत १३, २०८०  ०८:२६
1140x725

काठमाडौं– सोमबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कस्तो हुनुपर्छ भन्ने विषयमा सांसदहरुसँग छलफल गर्‍यो। उक्त छलफलमा २४ जना सांसदले कृषि क्षेत्रको आगामी वर्षको नीति कार्यक्रम तथा बजेटमा समेटिनु पर्ने विषयबारे कुरा राखे।

उक्त छलफल कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद प्रतीक्षा तिवारीले आकासे पानीको भर पर्न बाध्य रहेका तराईका किसानलाई सिँचाइको लागि विद्युत् महसुलमा सहुलियत दिनुपर्ने तिवारीले बताइन्। बर्खाको समयको विद्युतमा ५० प्रतिशत र सुख्खा समयमा २५ प्रतिशत छुट दिनुपर्नेमा उनले जोड दिइन्।

‘कृषि क्षेत्रको विकासका लागि उत्पादन र उत्पादकत्वलाई बढावा दिन मल बीउ खरिदका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ। भूगोल अनुसार उत्पादनको आधारमा पकेट क्षेत्र घोषण हुनु पर्छ। किसानले सहुलियत रूपमा कृषि कर्जा, बाली बिमा र पशु बिमा पाउने, कृषि उपजको नन्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनु पर्छ,’ तिवारीले भनिन्।

किसानले उत्पादन गरेका कृषिजन्य वस्तु लामो समयसम्म राख्नको लागि हरेक क्षेत्रमा चिस्यान गृह निर्माण गरिनुपर्ने उनको भनाइ छ। 

कृषिका योजना महिलामैत्री बनाइनुपर्ने
यस्तै कृषि क्षेत्रमा महिलाको भूमिका बढिरहेकाले कृषिका योजना महिलामैत्री बनाइनुपर्ने र बाझो जमिन लिजमा लिएर कृषिजन्य वस्तु लगाउने व्यवस्था गर्ने नीति तथा कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ।

यस्तै सांसद सरिता भुसालले तराई क्षेत्रको अधिकांश क्षेत्रमा अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको बताइन्। उनले पानीको लागि पम्पसेटको प्रयोग गर्दा डिजेलको प्रयोग आर्थिक भार पर्ने सुनाइन्। सिँचाइका लागि पानी निकाल्न  प्रयोग हुने  मेसिन विद्युत्‌मैत्री हुनुपर्ने उल्लेख गरिन्।

आयातित कृषिजन्य वस्तुलाई प्रतिस्थापन गर्ने खालको नीति तथा कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ। ‘स्वदेशी उत्पादन बिक्री नहुँदा किसानले सडकमा फ्याक्नुपर्ने स्थिति आएको छ। यसलाई रोक्न सरकारले बजारको व्यवस्थापन गरिदिनु पर्छ र बिचौलियाको नियन्त्रण गर्ने गरी नीति ल्याउनु पर्छ,’ भुसालले भनिन्।

यस्तै लम्पीस्किनका कारण क्षति बेहोरेका किसानलाई उत्साहित गर्न सरकारले तत्काल लम्पीस्किन पीडित किसानलाई राहत पाउने गरि बजेट ल्याउनुपर्ने सांसद भुसालले बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

सांसद सूर्यकुमारी श्रेष्ठले भुगोलअनुसार माटो परिक्षेण गरेर खेतीपाती लगाउने नीति निर्माण गर्नुपर्ने बताइन्। यसो हुँदा कृषिजन्य वस्तु उत्पादनबाट निकै फाइदा पुग्ने उनको बुझाइ छ। यस्तै किसानलाई प्रोत्साहन गर्नका लागि सरकारले दिने अनुदान वास्तविक किसानले पाउन नसकेको उनको गुनासो छ। क–कसले पाए भन्नेबारे अनुगमन समेत गर्ने गरी नीति ल्याउनुपर्ने उनले बताइन्।

रैथाने बालीको संरक्षण गर्ने नीति आवश्यक 
अर्की सांसद सम्झना थपलियाले रैथाने बाली लोप हुन लागेको र यसको संरक्षण गर्ने किसिमको नीत आवश्यक रहेको बताइन्। ‘रैथाने बालीको बीउ लोप भइरहेको छ। हाइब्रिड जातको बिउ महँगोमा खरिद गर्न परिरहेको छ। यसमा वर्षेनी ठूलो रकम खर्च भइरहेको छ। आफ्नो रैथाने बालीललाई संरक्षण गर्ने नीति आवश्यक छ,’ थपलियाले भनिन्।

सिराहा सप्तरीमा फल्ने आप विश्व बजारमा ब्रान्डिङ गरेर निर्यात गर्न सकिने गरी कार्यक्रम अघि बढाउन सुझाव दिइन्। यस्तै कालिमाटीमा किसानको पहुँच छैन त्यहाँ भारतबाट आएको तरकारी बिक्रि हुन्छ त्यहा किसनको उत्पादन बिक्री हुने व्यवस्था हुनु पर्ने थपलियाले बताइन्।  कृषि ज्ञान केन्द्र किसानको पहुँचमा नरहेको उनले बताइन्। 

सांसद रेखा यादवले अनुदान प्राप्त गर्नका लागि किसान कार्डको व्यवस्था गर्ने गरी नीति ल्याउनुपर्ने बताइन्। ‘वास्तविक किसानले पाउनुपर्ने अनुदान नक्कली किसानले पाइरहेको छ अनुदान पाउनका लागि किसान कार्ड आवश्यक छ,’ थपलियाले भनिन्। यस्तै रासायनिक मल स्वास्थ्यका लागि हानिकारक भएकाले प्राङ्गारिक मलको उत्पादन गर्न आश्यक रहेको बताइन्।

‘नेपालको गुणस्तरीय उत्पादन धान र सुपारी बाहिर अवैध रूपमा बाहिर गइरहेको छ। मोरङ र झापाको बोर्डरबाट सस्तोमा धान र सुपारी लुकीछिपी निर्यात भइरहेको छ। पछि गुणस्तरहीन चामल र सुपारी महँगो शुल्कमा आयात गरिरहेको छौं,’ थपलियाले भनिन्।

जुट खेती र नीलखेतीलाई प्रोत्साहन गर्ने गरि बजेट ल्याउनु पर्ने उनको माग छ।

तेलहन बाली उत्पादनलाइ बढावा दिनुपर्ने
सीताकुमारी रानाले अहिलेको सन्दर्भमा तेलहन बाली उत्पादनलाइ बढावा दिने गरि योजना तर्जुमा गर्नुपर्ने बताइन्। यस्तै राजनितिक हिसाबले भन्दा भौगोलिक हिसाबले कृषि क्षेत्रको बजेट विनियाजन हुनुपर्ने उनको भनाइ छ। कृषि क्षेत्रमा किसानलाई प्रोत्साहन गर्नका लागि सरकारले मल बीउ अनुदान र कर्जा सहुलियत रुपमा उपलब्ध गराउनु पर्ने उनले बताइन्।

‘किसानलाई वन्य जन्तु, विभिन्न महामारीजन्य रोगहरुले दुःख दिइरहन्छ। वन्यजन्तु बाँदर र बँदेल नियन्त्रण गर्न, माहामारीजन्य रोग नियन्त्रण गर्ने र किसानलाई कृषिमा आकर्षित गर्ने गरी बजेट ल्याउनु पर्छ,’ रानाले भनिन्।

सांसद कान्तिका सेजुवाल नेपालको कृषि नीति नै राम्रो नहुँदा कृषि क्षेत्रको विकास हुन नसकेको बताइन्। ‘नीति नै राम्रो छैनभने कसरी हुन्छ विकास? कृषि नीति परिवर्तन गर्न आवश्यक छ,’ सेजुवालले भनिन्।

नगदे बालीमा जोड दिनुपर्ने 
सांसद रमा कोइराला पौड्यालले नगदे बाली लगाउन किसानलाई उत्साहित गर्नु पर्ने बताइन्। ‘सुपारीखेती, फूलखेती, माछापालन, दुग्ध व्यवसाय, अलैंची, चिया, कफी, फलफूल, तेलहन, दलहनजस्ता नगदेबाली लगाउन किसानलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याउनु पर्छ,’ पौड्यालले भनिन्।

गाउँमा धेरै बाझो जमिन रहेको तर युवा विदेश पलायन हुँदा महिलाले कृषि थेगिरहँदा कृषिका उपकरण महिलामैत्री नभएको र महिलामैत्री उपकरण ल्याउने गरी बजेट तर्जुमा गर्नुपर्ने पौड्यालले बताइन्।

सांसद प्रदीप पौडेलले युवालाई कृषिमा जोड्न नसकेको बताए। यस्तै कृषिलाई राज्यले प्राथमिकतामा राख्न नसकेको बताए। छलफलका क्रममा कृषि मन्त्रालयका सह सचिव रामकृष्ण श्रेष्ठ रासायनिक मलको समस्या नरहेको बताए।

‘मल सप्लाइमा समस्या छैन। युरियामा त समस्या छैन डिएपिमा थोरै समस्या छ। बुझाइमा एकरुपता आउनुपर्छ। समस्याको गहिराइमा गएर समस्या समाधान गरिनुपर्छ। मिनिमम लगानी कृषिमा भएको छैन यो समस्या हो। मिडियामा जुन कुरा आएका छन् सबै सत्यता छैन। कृषिको वर्तमान अवस्था गम्भिर छ। कृषिको बजेटको विषयमा संसदमा वृहत रूपमा छलफल होस्,’ श्रेष्ठले भने।

‘कृषि विधेयक’ कानुन मन्त्रालयमा छलफलको क्रममा
मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले कृषि विधेयक कानुन मन्त्रालयमा छलफलको क्रममा रहेको बताए। 
‘समस्या छन् र समाधान पनि छन्। हाम्रा संयन्त्रमा समस्या छन्। एकदुई डोका टमाटर फालदैमा कृषि बिग्रिदैन,’ मिश्रले भने।

यस्तै कृषि मन्त्री ज्वालाकुमारी साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न बताइन्। तर पनि अघिल्ला वर्षहरुमाभन्दा आवर्षक बजेट ल्याउन सम्बन्धमा सांसदहरूले दिएको सुझाव महत्त्वपूर्ण हुने भएकाले सो कार्यक्रम आयोजना गरेको उनले बताइन्। 

उनले भू–बनावट अनुसारको बजेट तर्जुमा गर्ने बताइन्। यस्तै आयात हुने कृषि उपजहरुलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढवा दिने काममा सांसदहरूले दिएको सुझाव फलदायी हुने पनि बताइन्।

मन्त्री साहले सिँचाइका असुविधाहरू भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरूले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने स्पष्ट पारिन्। विभिन्न महामारीका कारण क्षतिपूर्ती नपाएको किसानलाई तत्काल राहत दिने व्यवस्था गर्ने बताइन्।
‘अहिले किसानमा कृषि मन्त्रालयले केहि गर्न सक्दैन भन्ने धारणा पलाएको छ। तर अब किसानका हितका लागि काम गर्छौं। किसानको पहिचान गर्ने किसान परिचयपत्र ८२ मा दिइसक्ने गरी योजना बनाउँदै छु,’ उनले भनिन्।

अहिले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तुरुन्तै मन्त्री परिषद्मा लैजाने तयारी गरिरहेको बताइन्। क्षतिपुर्तीवापतको रकम भुक्तानी डिजिटलमा लैजाने तयारी गरिरहेको र च्याङ्ग्रा पालन गर्ने किसानलाई पनि प्रोत्साहन स्वरुप अनुदान दिने व्यवस्ता मिलाउने बताइन्।

‘चिस्यान गृह बनाउन छलफल भइरहेको छ। भेटनरीको हिसाबले स्थानीय तहमा खट्न चाहाँदैनन्। हरेक पालिकामा वाडमा एउटा भेटनरी डक्टर आवश्यक रहेको छ।  कृषि सुध्रियो भने सबै मन्त्रालय सुधरिन्छ। पशुबिमा कम्पनीलाई १० करोड र दुग्ध उत्पादक किसानको भुक्तानीका लागी ३० करोड तत्काल ऋण दिने तयारी भएको छ,’ मन्त्री साहले भनिन्।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा बिहीबार, भदौ २५, २०८३
एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ : सांसद अमरेश बिहीबार, भदौ २५, २०८३
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बिहीबार, भदौ २५, २०८३
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न सरकारी टोली राजविराज जाँदै बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्