एजेन्सी - प्यालेस्टिनी विद्रोही संगठन हमासले बन्धक बनाएका इजरायली नागरिकहरुलाई ७ सय ३८ दिनपछि सोमबार बिहान नेपालको समय अनुसार ११ बाट हस्तान्तरण गर्न सुरु गरेको छ ।
उसले घोषणा गरेका २० जनामध्ये पहिलो लटमा ७ जना बन्धक गाजा पट्टीमा रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।
रिपोर्टअनुसार ती सात जनामा गाली र जिभ बर्मन, माटान एङ्ग्रेष्ट, एलोन ओहेल, ओम्री मिरन, एइतान मोर र गाइ गिलबोआ–दलाल रहेका छन् ।
हमासको सैन्य शाखाले हाल गाजा सिटीमा रहेका इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।