काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्समा कतारलाई नेपालले १४८ रनको चुनौती लक्ष्य दिएको छ ।
टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनायो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ५८ रन बनाए । ४१ बलमा सात चौका र एक छक्का प्रहार गरे ।
यस्तै २२ खेलेका दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । गुल्शन झाले ८ बलमा १६ रन बनाउँदा सोमपाल कामीले ८ बलमै १४ र आशिफ शेखले ११ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।