काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेसन लगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो। राणा शासनको विरोध गरेको अभियोगमा बुबा-आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो।
२०४७ सालको आन्दोलन, २०६२-०६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौता लगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा कोइरालाको भूमिका महत्वपूर्ण छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।