मलेखु- धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ। दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए।
रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको वडाध्यक्ष पाण्डेले बताए। तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका थिए।
वडा सदस्यको निधन भएको शोकमा नीलकण्ठ नगरपालिकाले भोलि बुधबार नगरपालिकामा बिदा दिने निर्णय गरेको छ। नीलकण्ठ–१० का वडा सदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको हो।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।