काठमाडौं- गृह मन्त्रालयले अध्यागमन विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखमा नयाँ सरुवा गरेको छ। गृहले भ्रष्टाचार मुद्दा दायर भएपछि भन्सार प्रमुख रिक्त भएपछि नयाँ कर्मचारीलाई सरुवा गरेको हो।
महानिर्देशकमा कोषहरि निरौलालाई जिम्मेवारी दिइएको छ। ६ फागुनमा तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग महानिर्देशकविहीन थियो।
गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा महानिर्देशक पदमा सरुवा गरेको छ।
त्यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा नरबहादुर थापालाई सरुवा गरेको छ।
त्यसैगरी गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ। संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।