काठमाडौँ- फ्लोरा एक्स्पोको दोस्रो दिनसम्म ५० लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको २५औं अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा २३ हजारले अवलोकन एसोसिएसनले जनाएको छ।
उक्त एक्पोमा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारिक बोट बिरुवाहरू, कृषि औजार,कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रीनहउस, प्याकेजिङका सामाग्री लगायत अन्य प्रदर्शनी तथा बिक्री कक्षा रहेका छन्।
यस्तै उक्त एक्स्पोमा व्यावसायिक स्टल ५० वटा, ल्याण्डस्केपिङ स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फुड स्टल सहित जम्मा ७३ वटा स्टल रहने आयोजकले जनाएको छ।
'स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय' भन्ने नाराका साथ सञ्चालन गरिएको एक्स्पो चैत ४ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।