काठमाडौं- त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडाैंमा चरा ठाेक्किएकाे विमान सौर्य एयरलाइन्स विराटनगरमा सुरक्षित अवतरण गराएकाे छ। आज बिहान पौने आठ बजे उक्त एयरलाइन्सको ९ एनएएमई कल साइनको विमानमा चरा ठोकिएको हो। चरा ठोकिएको उक्त विमान त्रिभुवन विमानस्थल कार्यालयलाई जानकारी नै नदिई पाइलटले विराटनर पुर्याएकाे कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले बताए।
चरा ठोकिएपछि उक्त विमानको ब्लेडमा क्षति पुगेको उनले बताए। त्रिभुवन विमानस्थलबाट उडान गर्ने क्रममा उक्त विमानमा चरा ठोकिएको थियाे। उक्त विमान सवा नौ बजे विराटनगरमा अवतरण गरिएको थियो।
विमानमा चरा ठोकिएपछि त्यसको जानकारी गराउनुपर्ने भएपनि त्यसो नगरिएको तिवारीले बताए। ‘चरा ठोकिएपछि उडान मिल्ने या नमिल्ने भन्ने विषय सम्बन्धित एयरलाइन्सको म्यानुअल अनुसार हुन्छ,’ उनले भने, ‘तर, कार्यालयलाई जानकारी गराइएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।