काठमाडौं– विधान मस्यौदा समितिले तयार गरेको नेपाली कांग्रेसको विधानको मस्यौदा छलफलका लागि सातै प्रदेशमा पठाउने तयारी गरेको छ।
असोज पहिलो साता समितिले तयार गरेको विधानको मस्यौदा छलफलका सात प्रदेशका १२ स्थानमा पठाउने तयारी गरिुएको हो।
समिति अन्र्गतका तीन उप–समितिले तयार गरेको प्रतिवेदन पनि मूल समितिमा बुझाइ सकिएको छ। समितिले भदौ २१ सम्म प्राप्त सुझाव एकत्रित गरी मस्यौदालाई अन्तिम दिन लागेको हो।
सोमबार बस्ने विधान मस्यौदा समितिको बैठकले बहसका लागि प्रदेशमा लैजाने र त्यहाँबाट सुझाव संकलन पछि अन्तिम रुप दिने बताइएको छ। सबै प्रदेशमा छलफल चलाइसकेपछि अर्को एक सातामा अन्तिम रुप दिएर केन्द्रीय समितिमा पेश गर्ने बताइएको छ।
पदाधिकारीको संख्या, केन्द्रीय समितिको आकार, सदस्यता वितरण प्रक्रिया लगायतका विषयमा समिति सदस्यबीच मतैक्यता हुन भने सकेको छैन। संस्थापन समूहका सदस्यले एक सय ३१ भन्दा बढी केन्द्रीय समितिको संख्या बनाउन जोड दिइरहेका छन्। संस्थापन इतर समूहले एक सय २० भन्दा कम हुने पर्ने मत राखेका छन्।
साधारण, क्रियाशील, विशिष्ट र मानार्थ गरी चार प्रकारका सदस्यताको प्रावधान विधानमा राख्न छलफल चलिरहेको छ। तर, सदस्यता एकै प्रकारले वितरण हुनुपर्ने विचार पनि समितिमा उठेको छ।
कार्य विभाजन र अधिकारका विषयमा मतान्तर रहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।