काठमाडौं– काभ्रेमा श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ।
नमोबुद्ध नगरपालिका–५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई प्रहरीले पक्राउ गरेको हो।
कमलाले मादक पदार्थ सेवन गरी लठ्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको थियो। धनवीरको हत्या भएको भन्ने भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेकी कमलाविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।