काठमाडौं– संघीय समाजवादी फोरमले संविधानसभाबाट जारी गराइएको नेपालको संविधानप्रति आफ्नो असहमति, विरोध र फरक धारणा यथावत् नै रहेको बताएको छ। पार्टीका महासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी विज्ञप्तिमा कालो दिवस मनाउने कार्यक्रममा सहभागी नहुने बताएका छन्।
'संविधान संशोधन गर्न सरकार सहमत भइसकेको वर्तमान अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी हुन पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यस्ताखाले कार्यक्रमहरुमा सहभागी नहुने र यस सम्बन्धमा अन्य कुनै भ्रममा नरहन समेत सम्पूर्णमा संसफो नेपाल आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ।

संविधान जारी हुने समयमा सँगै संघर्षमा रहेका अन्य दल अहिले राष्ट्रिय जनता पार्टीका रुपमा एकीकृत भएपछि पनि संविधानप्रति विरोध गरिरहेका छन्। राजपाले केही दिनअघिको अध्यक्ष मण्डलको बैठक मार्फत असोज ३ गते 'ब्ल्याक आउट' गर्ने निर्णय गरेको छ।
यो पनि पढ्नुहोस्ः असोज ३ मा 'ब्ल्याक आउट' गर्ने राजपाको निर्णय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।