काठमाडौं– राष्ट्रिय जनता पार्टी राजपाले संविधान जारी भएको दिन असोज ३ मा ब्ल्याक आउट (बत्ति निभाउने) गर्ने भएको छ। सोमबार र मंगलबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सो दिन साँझ ७ देखि ७:१५ सम्म 'ब्ल्याक आउट' गर्न सबै जिल्ला अध्यक्ष मण्डललाई सर्कुलर जारी गरेको हो।
मधेस विरोधी संविधान जारी भएकाले विरोध गर्नुपरेको निर्णयमा उल्लेख छ।
पार्टीले असोज ३ गते दिउँसो विरोध प्रदर्शन र विरोध सभा गर्ने निर्णय गरेको छ। विरोधका अन्य कार्यक्रम भने जिल्लाका नेताहरुले आफैं तय गर्न सक्नेछन्।
संविधान जारी भएका बेलमा पनि फरकफरक दलका रुपमा रहेका अहिलेको राजपा लगायतले मधेसमा ब्ल्याक आउट गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।