• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

४० जनासँग बयान लिँदा पनि पत्ता लागेन पूर्वराजदूतको हत्यारा

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०७५  ०७:२९
1140x725

काठमाडौं– पूर्वराजदूत केशवराज झाको बबरमहलस्थित आफ्नै निवासमा हत्या भएको एक महिना पुग्न लाग्यो। गत भदौ ३ गते राति चक्कु प्रहारबाट ८० वर्षीय झाको हत्या भएको थियो। तर हत्या कसले, किन गर्‍यो भन्ने प्रहरीले भेउसम्म पाउन सकेको छैन।

महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा  घटनाको अनुसन्धान भइरहे पनि कुनै 'क्लु' फेला पर्न सकेको छैन। हत्यामा परिवारका सदस्यको पनि संलग्नता हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

झा हत्याको आरोपमा पक्राउ परेका पाले सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङ भदौ २९ गते ८/८ हजार रुपैयाँ धरौटीमा छुटेपछि हत्या झनै रहस्यमय बन्दै गएको छ। उनीहरुको पोलिग्राफ परीक्षणमा पनि केही नदेखिएकाले धरौटीमा रिहा भएका हुन्।

४० जनासँग बयान
प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म ४० जनासँग बयान लिइसकेको जनाएको छ। ‘हामीले परिवारका सदस्यसहित विभिन्न ४० जना व्यक्तिसँग बयान लिइसकेका छौं,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने, ‘अनुसन्धान जटिल छ। लङटर्म लाग्न सक्छ।’

एक प्रहरी अधिकारी भन्छन्, ‘हत्याको अनुसन्धान यस्तो स्थितिमा पुगेको छ। पीडा परेको परिवारलाई झपारेर सोध्न सक्ने अवस्था छैन।'

परिवारका सदस्य र आफन्तहरु प्रहरीको शंकाको घेरामा छन्। परिवारका सदस्यको समेत कल डिटेल हेरेको र पोलिग्राफ समेत लिने तयारी भएको एसएसपी सिंहले बताए। 

घटनाको दुई दिनअघि मात्र विदेश फर्केका झाका छोरा–बुहारी घटनापछि नेपाल नै फर्केका थिए। बाबुको अन्त्येष्टि र अन्तिम कर्ममा सहभागी भएर बुहारी फेरि विदेश फर्किसकेकी छिन् भने छोरा किरणराज झा अहिलेसम्म नेपालमै छन्। छोरालाई बोलाएर पटकपटक प्रहरीले सोधपुछ गरिरहेको छ।

यसबारे महाशाखाका एक अधिकारीले भने, ‘हत्याको अनुसन्धान यस्तो स्थितिमा पुगेको छ। पीडा परेको परिवारलाई झपारेर सोध्न सक्ने अवस्था छैन।'
 
झाको परिवारमा छोरा–बुहारीका अलावा श्रीमती र एक छोरी पनि छन्। छोरी डा राजश्री झा स्त्री रोग विशेषज्ञ हुन्। संयुक्त राष्ट्रसंघ अन्तर्गत इस्ट टिमोरमा कार्यरत उनी बुबाको हत्यापछि नेपालमै छिन्।  

Ncell 2
Ncell 2
nimb
nimb

सबुत भेटियो, अपराधी भेटिएन


प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कु लगायत अन्य प्रमाण फेला पारेको थियो। तर चक्कुको ल्याब टेस्ट गर्दासमेत कसैको फिंगर प्रिन्टसँग नमिलेको प्रहरीको भनाइ छ। सबुत नछाडी हत्या गर्नु र भएको सबुतबाट पनि कुनै क्लु फेला नपरेका कारण हत्या व्यावसायिक अपराधीबाट गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

बयोवृद्ध कूटनीतिज्ञको निर्मम हत्या हुँदासमेत कतैबाट अनुसन्धानका लागि प्रहरीलाई दबाब सिर्जना भएको छैन।

चक्कुमा फिंगर प्रिन्ट फेला नपरेपछि प्रहरीले पञ्जा लगाएर हत्या गरेको आशंका गरेको थियो। झाको घरबाहिर फालिएको पञ्जा प्रहरीले प्रमाणका रुपमा उठाए पनि त्यसबाट समेत कुनै तथ्य फेला पर्न सकेन।

Xtrem

Xtrem

अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि प्रहरीले प्रयोग गरेको थियो। कुकुर पाले भएको ठाउँमा गएर रोकिएपछि प्रहरीले आशंका गरेर पालेलाई नियन्त्रण लिएर बयान त लियो तर घटनाबारे थप कुरा आउन सकेन।

सबैतिरका गेट बन्द भएको घरमा हत्याराहरु कसरी प्रवेश गरे? झ्यालको जाली काट्दा कोठामा रहेकी श्रीमतीले किन थाहा पाइनन्? कसैसँग पनि रिसइबी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो? घरमा रहेको कुकुर त्यो रात किन भुकेन? जस्ता प्रश्नहरु अझै अनुत्तरित छन्। जसका कारण प्रहरी आफैंमा अचम्मित छ। र, घटना सेलाउँदै गएको छ। किनकि यतिबेला कञ्चनपुर प्रकरण निकै तातेको छ,जुन प्रहरी र सरकारका लागि टाउको दुखाइ बनेको छ।

नागरिक समाज र मिडियाको चासो पनि कञ्चनपुर घटनाप्रति तिख्खर बनिरहँदा एक बयोवृद्ध कूटनीतिज्ञको निर्मम हत्या हुँदा कतैबाट अनुसन्धानका लागि प्रहरीलाई दबाव सिर्जना भएको छैन। 

प्रकाशित मिति: सोमबार, असोज १, २०७५  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्