काठमाडौं- संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन्।
आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी (एसपिएलए) का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उनको राजधानी जुवास्थित अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जानकारी दिएको छ।
यई भन्ने स्थानमा तैनाथ नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट दैनिक रुपमा पानी ढुवानी गर्न खटिएको टोली फर्कने क्रममा गोली प्रहार भएको हो। ती घाइते सैनिकको नाम भने नेपाली सेनाले उल्लेख गरेको छैन।
सन् १९५८ देखि द्वन्द्वग्रस्त मुलुकमा विश्व शान्ति स्थापनाका लागि खटिएको नेपाली सेनाले ४२ वटा देशमा शान्ति स्थापनाका लागि योगदान पुर्याइसकेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।