Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मिटरब्याजपीडितका दु:ख- साहुले कुटेर हात मर्काइदिए, उजुरी गर्न जाँदा प्रहरीले २० हजार घुस मागे

64x64
कल्पना घिमिरे बुधबार, फागुन २३, २०८०  ०९:४२
1140x725

काठमाडौं– गत माघमा ९ गते जिल्ला प्रशासन कार्यालय रौतहटले रिनाकुमारी पासवान र मिटरब्याजी साहु छटुलाल कलवारलाई बोलाएर सहमति गराउन छलफल गर्‍यो। कलवारले पीडितले २ लाख नदिएसम्म मिलापत्र नगर्ने अडान लिए।

पीडित रिनाकुमारीले पनि आफूले लिएको ऋण तिरिसकेकाले फेरि २ लाख रुपैयाँ दिन नसक्ने बताइन्।  त्यस दिन मिटरब्याजी कलवार र पीडित रिनाकुमारीबीच मिलापत्र नभई छलफल टुंगियो। यत्तिकै घर फर्किए।

‘मैले पहिला नै ३ लाख रुपैयाँ बुझाइसकेकी छु। अब कहाँ दिन सक्छु र फेरि २ लाख,’ उनी सुनाउँछिन्, ‘मैले १ लाख २० हजार रुपैयाँ लिएको २ वर्ष भित्रमा ३ लाख रुपैयाँ बुझाएँ। तर साहुले मेरो जमिन फिर्ता गर्न मानेन।’

रिनाकुमारीले घरायसी खर्च गर्नका लागि ९ वर्षअघि १ लाख २० हजार रुपैयाँ कलवारसँग मिटरब्याजमा ऋण लिएकी थिइन्। ऋण दिनेबेला मिटरब्याजी साहुले कपाली तमसुक बनाएर २ कठ्ठा जमिन दृष्टिबन्धकमा राख्न लगाएका थिए।

ऋण लिएको २ वर्षपछि ज्यालामजदुरी गरेर कमाएको रकम जम्मा गरेर साहुलाई ३ लाख रुपैयाँ बुझाएकी थिइन्। तर मिटरब्याजी साहुले उनको २ कठ्ठा जमिन फिर्ता गर्न मानेनन्। अझै थप २ लाख रुपैयाँ मागिरहेको रिनाकुमारी बताउँछिन्। उनले आफूले थप २ लाख रुपैयाँ दिन नसक्ने भएपछि साहुले उनको २ कठ्ठा जमिन हडपेर आफैं खेतीपाती गर्दै आइरहेका थिए।

यस्तै सरकारले गत वैशाखमा मिटरब्याज पीडितको न्यायका लागि अनुचित लेनदेन जाँचबुझ आयोग बनाएको थियो। त्यो आयोगमा मिटरब्याज पीडितहरुले उजुरी गर्ने र उजुरीपछि आयोगले नियमानुसार मिलापत्र गराउने व्यवस्था गरेको छ। 

उक्त आयोगमा रिनाकुमारीले पनि उजुरी दर्ता गराएकी थिइन्। तर आयोगको कार्यकालको समयअवधि सकिएपछि आयोगमा परेका उजुरी जिल्ला प्रशासन कार्यालयले हेरेर मिलापत्र गराउँदै आएको छ।

सोहीअनुसार रिनाकुमारीको उजुरीमा छलफल गर्ने क्रममा साहु पीडितबीच सहमति भएन। जिल्ला प्रशासनमा कुरा नमिलेपछि मिटरब्याजी साहु कलवार र पीडित रिनाकुमारीबीच विवाद बढ्न थाल्यो। बाटोमा भेट्दा पनि रिनाकुमारीलाई साहु कलवारले कुटपिट तथा गालीगलौज गर्न थाले।

Ncell 2
Ncell 2
nimb
nimb

रिनाकुमारीकी छोरी कक्षा ४ मा अध्ययनरत सुवीकुमारी पासवानलाई विद्यालयबाट फर्किरहेका बेला साहु कलवारले कुटपिट गरेर साइकलसमेत खोसेको उनी उनले बताइन्। 

‘मेरी छोरीको नयाँ लेडिज साइकल थियो। साहुको खेत छेउमा रोड छ, रोडको छेउमा स्कुल छ। स्कुलबाट फर्किँदा साहुले खोसेर लिएछ। बेस्सरी पिटेछ पनि,’ उनले भनिन्। गत माघ १९ गते रिनाकुमारीलाई साहु कलवारले घरमै आएर फलामको रडले हानेर कुटपिट गरे। 

उनको हात मर्कियो। त्यसपछि प्रहरीमा उजुरी पनि गर्न गइन् तर त्यहाँका प्रहरीले २० हजार रुपैयाँ दिए साहुसँग मिलापत्र गराउने भनेको उनी सुनाउँछिन्। ‘साहुले छडले हानेर हात मर्काइदिए, उजुरी गर्न जाँदा प्रहरीले २० हजार रुपैयाँ दिए मिलाइदिन्छु भने। म जस्तो गरिब दुई छाक टार्न मुस्किल छ २० हजार रुपैयाँ कसरी दिन सक्छु। प्रहरीले नै घुस माग्छन्, कहाँ गएर मैले न्याय पाउने?,’ उनको गुनासो छ। 

त्यसपछि उनी उपचारको लागि नजिकैको अस्पताल गइन्। नजिकैको अस्पतालमा एक्सरे नभएको र उपचार नहुने भएपछि स्वास्थ्यकर्मीले रिनाकुमारीलाई वीरगञ्ज जानु भनेर पठाइदिए। त्यसपछि उनी अर्को दिन छोरीलाई साथ लिएर वीरगञ्जको अस्पताल गइन्।

Xtrem

Xtrem

त्यहाँ उपचार गराउँदा ५/६ हजार रुपैयाँ सकियो। त्यतिबेला मिटरब्याज पीडितहरु पैदल हिँडेर काठमाडौं आउने तयारीमा थिए। उनी पनि घर नगई अस्पतालबाटै पैदलयात्रामा सहभागी भइन् र काठमाडौं आइन्। उनी सँगै कक्षा ४ मा अध्ययनरत छोरी पनि काठमाडौं आइन्।

‘छोरी पनि मसँगै अस्पताल गएकी थिई। त्यतैबाट आयौं। हामीले न खानेकुरा बोकेका थियौं न लाउने कपडा नै। रित्तो आइपुग्यौं। हामीसँगै आएका दिदीबहिनीहरुले दिनुभएर लुगा लगायौं,’ उनी भन्छिन्। उनको भएको २ कठ्ठा जमिन साहु कलवारको कब्जामा छ। ५ छोरी एक छोरा र श्रीमान्‌श्रीमती गरी ८ जनाको परिवार छ। श्रीमान्‌ले महाजनको खेतीबारीमा ज्यालामजदुरी गरेको भरले परिवार चल्दै आएको छ। 

‘मेरो श्रिमान्‌ले ज्यालामजदुरी गरेर घरपरिवार चल्दै आएको छ। अब दिनदिनै काम गर्ने क्षमता घट्दै छ। आफ्नो खेत साहुको नाममा छ। साहुले जोतिरहेको छ २ कठ्ठा खेत,’ उनले भनिन्।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ बिहीबार, असोज २२, २०८३
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्