• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मिटरब्याजपीडितका दु:ख- साहुले कुटेर हात मर्काइदिए, उजुरी गर्न जाँदा प्रहरीले २० हजार घुस मागे

64x64
कल्पना घिमिरे बुधबार, फागुन २३, २०८०  ०९:४२
1140x725

काठमाडौं– गत माघमा ९ गते जिल्ला प्रशासन कार्यालय रौतहटले रिनाकुमारी पासवान र मिटरब्याजी साहु छटुलाल कलवारलाई बोलाएर सहमति गराउन छलफल गर्‍यो। कलवारले पीडितले २ लाख नदिएसम्म मिलापत्र नगर्ने अडान लिए।

पीडित रिनाकुमारीले पनि आफूले लिएको ऋण तिरिसकेकाले फेरि २ लाख रुपैयाँ दिन नसक्ने बताइन्।  त्यस दिन मिटरब्याजी कलवार र पीडित रिनाकुमारीबीच मिलापत्र नभई छलफल टुंगियो। यत्तिकै घर फर्किए।

‘मैले पहिला नै ३ लाख रुपैयाँ बुझाइसकेकी छु। अब कहाँ दिन सक्छु र फेरि २ लाख,’ उनी सुनाउँछिन्, ‘मैले १ लाख २० हजार रुपैयाँ लिएको २ वर्ष भित्रमा ३ लाख रुपैयाँ बुझाएँ। तर साहुले मेरो जमिन फिर्ता गर्न मानेन।’

रिनाकुमारीले घरायसी खर्च गर्नका लागि ९ वर्षअघि १ लाख २० हजार रुपैयाँ कलवारसँग मिटरब्याजमा ऋण लिएकी थिइन्। ऋण दिनेबेला मिटरब्याजी साहुले कपाली तमसुक बनाएर २ कठ्ठा जमिन दृष्टिबन्धकमा राख्न लगाएका थिए।

ऋण लिएको २ वर्षपछि ज्यालामजदुरी गरेर कमाएको रकम जम्मा गरेर साहुलाई ३ लाख रुपैयाँ बुझाएकी थिइन्। तर मिटरब्याजी साहुले उनको २ कठ्ठा जमिन फिर्ता गर्न मानेनन्। अझै थप २ लाख रुपैयाँ मागिरहेको रिनाकुमारी बताउँछिन्। उनले आफूले थप २ लाख रुपैयाँ दिन नसक्ने भएपछि साहुले उनको २ कठ्ठा जमिन हडपेर आफैं खेतीपाती गर्दै आइरहेका थिए।

यस्तै सरकारले गत वैशाखमा मिटरब्याज पीडितको न्यायका लागि अनुचित लेनदेन जाँचबुझ आयोग बनाएको थियो। त्यो आयोगमा मिटरब्याज पीडितहरुले उजुरी गर्ने र उजुरीपछि आयोगले नियमानुसार मिलापत्र गराउने व्यवस्था गरेको छ। 

उक्त आयोगमा रिनाकुमारीले पनि उजुरी दर्ता गराएकी थिइन्। तर आयोगको कार्यकालको समयअवधि सकिएपछि आयोगमा परेका उजुरी जिल्ला प्रशासन कार्यालयले हेरेर मिलापत्र गराउँदै आएको छ।

सोहीअनुसार रिनाकुमारीको उजुरीमा छलफल गर्ने क्रममा साहु पीडितबीच सहमति भएन। जिल्ला प्रशासनमा कुरा नमिलेपछि मिटरब्याजी साहु कलवार र पीडित रिनाकुमारीबीच विवाद बढ्न थाल्यो। बाटोमा भेट्दा पनि रिनाकुमारीलाई साहु कलवारले कुटपिट तथा गालीगलौज गर्न थाले।

Ncell 2
Ncell 2

रिनाकुमारीकी छोरी कक्षा ४ मा अध्ययनरत सुवीकुमारी पासवानलाई विद्यालयबाट फर्किरहेका बेला साहु कलवारले कुटपिट गरेर साइकलसमेत खोसेको उनी उनले बताइन्। 

‘मेरी छोरीको नयाँ लेडिज साइकल थियो। साहुको खेत छेउमा रोड छ, रोडको छेउमा स्कुल छ। स्कुलबाट फर्किँदा साहुले खोसेर लिएछ। बेस्सरी पिटेछ पनि,’ उनले भनिन्। गत माघ १९ गते रिनाकुमारीलाई साहु कलवारले घरमै आएर फलामको रडले हानेर कुटपिट गरे। 

उनको हात मर्कियो। त्यसपछि प्रहरीमा उजुरी पनि गर्न गइन् तर त्यहाँका प्रहरीले २० हजार रुपैयाँ दिए साहुसँग मिलापत्र गराउने भनेको उनी सुनाउँछिन्। ‘साहुले छडले हानेर हात मर्काइदिए, उजुरी गर्न जाँदा प्रहरीले २० हजार रुपैयाँ दिए मिलाइदिन्छु भने। म जस्तो गरिब दुई छाक टार्न मुस्किल छ २० हजार रुपैयाँ कसरी दिन सक्छु। प्रहरीले नै घुस माग्छन्, कहाँ गएर मैले न्याय पाउने?,’ उनको गुनासो छ। 

त्यसपछि उनी उपचारको लागि नजिकैको अस्पताल गइन्। नजिकैको अस्पतालमा एक्सरे नभएको र उपचार नहुने भएपछि स्वास्थ्यकर्मीले रिनाकुमारीलाई वीरगञ्ज जानु भनेर पठाइदिए। त्यसपछि उनी अर्को दिन छोरीलाई साथ लिएर वीरगञ्जको अस्पताल गइन्।

त्यहाँ उपचार गराउँदा ५/६ हजार रुपैयाँ सकियो। त्यतिबेला मिटरब्याज पीडितहरु पैदल हिँडेर काठमाडौं आउने तयारीमा थिए। उनी पनि घर नगई अस्पतालबाटै पैदलयात्रामा सहभागी भइन् र काठमाडौं आइन्। उनी सँगै कक्षा ४ मा अध्ययनरत छोरी पनि काठमाडौं आइन्।

‘छोरी पनि मसँगै अस्पताल गएकी थिई। त्यतैबाट आयौं। हामीले न खानेकुरा बोकेका थियौं न लाउने कपडा नै। रित्तो आइपुग्यौं। हामीसँगै आएका दिदीबहिनीहरुले दिनुभएर लुगा लगायौं,’ उनी भन्छिन्। उनको भएको २ कठ्ठा जमिन साहु कलवारको कब्जामा छ। ५ छोरी एक छोरा र श्रीमान्‌श्रीमती गरी ८ जनाको परिवार छ। श्रीमान्‌ले महाजनको खेतीबारीमा ज्यालामजदुरी गरेको भरले परिवार चल्दै आएको छ। 

‘मेरो श्रिमान्‌ले ज्यालामजदुरी गरेर घरपरिवार चल्दै आएको छ। अब दिनदिनै काम गर्ने क्षमता घट्दै छ। आफ्नो खेत साहुको नाममा छ। साहुले जोतिरहेको छ २ कठ्ठा खेत,’ उनले भनिन्।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
नेपाली रुपैयाँ निरन्तर कमजोर मंगलबार, माघ १३, २०८२
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम मंगलबार, माघ १३, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ १३, २०८२
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्