काठमाडौं– विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न माग गर्दै सर्वोच्च अदालतमा पाँचौं बन्दीप्रतिक्षीकरण निवेदन दर्ता भएको छ।
प्रकाण्डका तर्फबाट वीरेन्द्र विश्वकर्माले आइतबार निवेदन दर्ता गरेका हुन्।
विभिन्न जिल्लामा अभियोग रहेको भन्दै प्रहरीले प्रकाण्डलाई पक्राउ गर्दै आएको छ। सर्वोच्च अदालतको आदेशमा रिहा भए पनि अर्को जिल्लामा मुद्दा रहेको भन्दै प्रहरीले तुरुन्तै पक्राउ परिरहेका हुन्।बम विस्फोटसम्बन्धी गतिविधि गरेकाे अाराेपमा प्रकाण्डलाई अहिले उदयपुर लगिएको छ।
प्रकाण्ड पहिलो पटक गत साउन २३ गते चाल्नाखेलबाट पक्राउ परेका थिए।
यो पनि पढ्नुहोस्ः
विप्लवलाई सहयोग पुर्याउँदै सरकार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।