काठमाडौं– उच्च अदालत विराटनगरले ३३ सय किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङ्गको आदेशले थुनामा रहेका डिएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।
आइतबार न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले डिएसपी केसीलाई थुनामा राख्ने आदेश त्रुटिपूर्ण रहेको भन्दै साधरण तारेखमा छाड्न आदेश दिएको हो। जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै उच्च अदालत विराटनगरले यस्तो आदेश दिएको हो।
अदालतले सुन प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई पनि रिहा गर्न शुक्रबार आदेश जारी गरेको थियो । डिएसपी केसीलाई गत वैशाखमा सरकारले गठन गरेको छानविन समितिले पक्राउ गरेको थियो।
गत फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारीका सुन व्यापारी सनम शाक्यको हत्या प्रकरणमा उनलाई पनि विपक्षी बनाई मुद्दा दायर गरेको थियो । सुन तस्करी र हत्या प्रकरणमा अनुसन्धान गर्न खटिएको टोलिले गलत अभियोजन गरेको अभियोगमा उनीहरुलाई पनि विपक्षी बनाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।