• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

तपाईं कतै तनावमा त हुनुहुन्न?

64x64
नेपाल लाइभ आइतबार, भदौ ३१, २०७५  ११:५२
1140x725

तपाईंको जीवन कत्तिको रमाइलो छ? बढ्दो यान्त्रिक जीवन शैलीको पिरलो छ कि छैन? जीवनमा अरु पनि तनावका कारण छन् कि? यसको हेक्का राखिरहनुहोला। जीवन पद्धतीका कारण मात्र होइन अरु कुनै कारणले पनि मानसिक तनावमा पर्दा अनेक प्रकारका रोग लाग्ने सम्भावना बढी हुन्छ।

तपाईँ तनावमा हनुहुन्छ भने पेटमा एसिड तत्व बढ्छ। र, लगातारको तनावले अल्सरसमेत गराउँछ।  यस्तो बेला मुटुको धडकन बढ्ने, छाती दुख्ने, ब्लड प्रेसर बढ्ने र हृदयाघातसमेत हुन सक्छ। शरीरका विभिन्न भाग जस्तै टाउको, कम्मर दुख्ने हुन्छ। छालाका केही रोग लाग्ने सम्भावना हुन्छ। निद्रा नलाग्ने समस्या, मदिरा सेवनको लत, लागूपदार्थ दुव्र्यसन, डिप्रेसन तथा चिन्तारोगको खतरा तनावकै कारण निम्तिन्छन्। 

रोगहरूको यो लामो सूची हेर्दा मानसिक तनावमात्र हटाउन सक्यो भने या तनाव व्यवस्थापन गर्न सक्यो भने धेरै रोग कमगर्न सकिँदो रहेछ भन्ने जानकारी हुन्छ। आजकाल पश्चिमा देशहरुमा विभिन्न मानसिक रोगहरूको उपचार गर्नका लागि काउन्सिलिङ्ग, साइकोथेरापी, संगीतबाट उपचार, नृत्यबाट उपचार, कग्निटिभ थेरापी, माइन्डफुलनेस बेस्ड कन्गिनिटिभ थेरापी जस्ता उपचार पद्धितहरु प्रचलनमा आएका छन्। यी विभिन्न थेरापीले औषधिको प्रयोग नगरीकन पनि रोग निको पार्न सक्छन्। यी थेरापीहरूले डिप्रेसन र चिन्ता रोगलाई राम्रो गर्छन्।

तनावमा रहेका आफूलाई असहज महसुस गरेका व्यक्तिहरु मलाई सोध्छन्, यसबाट बाहिर कसरी निस्कने? हामी चिकित्सकहरुले तनावमा रहेको व्यक्तिको अवस्था र मनोदशा हेरर उसलाई उपचार पद्धतिको सल्लाह दिने गछौं।

तनावको अवस्थामा गीतसंगीतले राम्रो गर्न सक्छ। आधा घण्टा जति आफूलाई मनपर्ने संगीत ध्यान दिएर सुन्ने हो भने मनलाई शान्त पार्ने र रिल्याक्स गर्ने औषधि सेवन गरे बराबर काम गर्छ। शास्त्रीय संगीतले अझ राम्रो असर पार्ने रहेछ।

त्यसैगरी, डान्स थेरापी राम्रो शारीरिक व्यायाम हो। यसले शरीरको वजन घटाउन र फूर्तिलो बनाउन सहयोग गर्छ। डान्स गर्दा मनमा आनन्द दिने केही रासायनिक तत्व पनि मष्तिस्कमा निस्कन्छन् र मनलाई आनन्दित पार्छन्। नेपाल, भारतलगायत पूर्वीय देशहरूमा भने हजारौं वर्षदेखि चल्दै आएका प्राकृतिक उपचार विधि र योगा तथा ध्यान गर्ने जस्ता विधि चल्दै आएका छन्।

योगा र ध्यान राम्रोसंग सिकेर नियमित अभ्यास गर्ने हो भने पनि धेरै किसिमका मानसिक स्वास्थ्य समस्याबाट पार पाउन सकिन्छ। यसले सबैखाले मानसिक रोग निको हुन्छन् भन्ने कुरा भने सत्य होइन। योगाभ्यासले केही मानसिक रोग पूरै निको हुन्छन् भने केही रोगमा सुधार हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

भारतका योगगुरु रामदेवजीले त ८० प्रतिशत रोगहरू मानसिक तनावका कारण हुन्छन् र प्राणायाम, आसन, ध्यान र योग निद्रावाट डिप्रेसन,माइगे्रन,उच्च रक्तचाप र हृदयरोगलाई निको पार्न सकिन्छ भनेका छन्। तर मेडिकल साइन्सले उनले भनेजस्तो तनावका कारण ८० प्रतिशत रोग लाग्छन् भन्ने त मान्दैन। तर मानसिक तनावका कारण केही रोग भने हुन सक्छन्। केही रोग तनावका कारण बढ्न सक्छन्। तनावको व्यवस्थापन राम्रोसंग नगर्ने हो भने उपचार गर्दा पनि रोग निको हुन कठिन हुन्छ। प्राणायाम, आसन तथा ध्यानले मानसिक तनावलाई घटाउँछ।

योगा र प्राकृतिक चिकित्सापछि आयुर्वेद र त्यसपछि मात्र आधुनिक चिकित्सा जन्मिएको मानिन्छ ।आधुनिक चिकित्सा पश्चिमी देशहरूमा द्रुतगतिमा विकास भयो। त्यसको प्रभाव विकाशसील देशहरूमा प¥यो र प्राकृृृतिक चिकित्सा ओझेलमा पर्दै गयो।

आजकल आधुनिक चिकित्सानै प्रमुख उपचार विधि भएको छ। तर यसमा परीक्षणहरू धेरै गर्नुपर्ने र महँगा औषधि प्रयोग गर्नुपर्ने भएकाले उपचार सेवा ज्यादै महंगो भएको छ। धेरै वर्षसम्म आधुनिक चिकित्सा पद्धति अभ्यास गरेको अनुभवका आधारमा म के भन्छु भने, आधुनिक चिकित्सा पद्धति पनि पूर्ण छैन। कतिपय रोगका हकमा किन रोग लाग्यो, किन जटीलता उत्पन्न भयो या किन रोग निको भएन भन्ने प्रश्न कयौं बिरामीबारे अनुत्तरित नै रहन्छन्। कतिपय अवस्था र रोगका हकमा प्राकृतिक उपचार गरेर पनि निको भएका उदाहरणहरु छन्। 
त्यसैले तनाव व्यवस्थापनको हकमा हामीहरुले प्राकृतिक र परम्परागत पद्धतिलाई पुरै नकार्न सक्दैनौं। 

नेसनल इन्सिच्युट अफ मेन्टल हेल्थले गरेको अध्ययन अनुसार कुनै मन्त्र लगातार दोहोर्‍याउने या मन्त्र उच्चारण गरिरहनाले रगतमा कोलेस्टेरोलको मात्रा घट्ने र ब्लड प्रेसरलाई नियन्त्रणमा राख्ने काम गर्छ र हृदयाघात हुनबाट बचाउँछ भन्ने देखिएको छ। एसएन गोयन्काले म्यानमार(वर्मा) का गुरुहरूवाट सिकेर भारत र नेपालमा सुरु गरेको ‘विपश्यना ध्यान’ कै कारण धेरै मानिसहरूले मनमा शान्ति प्राप्त गरेको अनुभव सुनाएकै छन्। 

Xtrem

Xtrem

 एसएन गोयन्काको आफ्नै अनुभवमा पनि माइग्रेन (एक किसिमको टाउको दुखाई) विपश्यनाले निको नै पार्ने रहेछ। मेडिकल विज्ञानमा माइग्रेन निको पार्ने औषधि छैन। तर दुखाई कम गर्ने र रोग नियन्त्रणमा राख्नसम्म सक्ने औषधि छन्।

विपश्यना ध्यान भगवान गौतम बुद्धको कला मानिन्छ। पाली भाषामा लिखित ‘सुत्ता पिताका’ बाट लिइएको यो ध्यान पद्धतीले मानविय चन्चलतालाई नियन्त्रण गर्न सक्छ भन्ने अनुभव पनि सर्वव्यापी भइसकेको छ। त्यस्तै ‘आर्ट अफ लिभिङ’ का गुरु रविशंकरले सिकाउने ‘सुदर्शन क्रिया’ सिकेर नियमित अभ्यास गर्दा मानसिक तनाव घट्ने र डिप्रेसन र चिन्तारोगलाई विना औषधि निको भएको भारतको बैंगलोरमा गरिएको अर्को एक अध्ययनले देखाएको छ।

चीनवाट सुरुभएको एक्युपंचर उपचार विधिले धेरै रोग निको पार्छ भनिन्छ। एक्युपंचरको आफ्नै विज्ञान छ। औषधि सेवन नगरिकन कतिपय रोग यसबाट निको भएका छन् भन्ने पनि सुनिन्छ। यी विधिले के–कस्ता रोग निको पार्न सक्छन् भन्नेबारे भने यी विधि अभ्यासका जानकारसँग राम्ररी बुझ्न भने आवश्यक छ।

त्यसैगरी एक्युपंचर नगरिकन एक्युप्रेसरले पनि दुखाई कम गर्न र रोग निको पार्न सकिन्छ भन्ने छ। 

त्यसैगरी जापानबाट सुरु भएको रेकी नेपालमा निकै प्रचलित रहेछ। त्यस्तै गरेर प्राणिक हिलिङ, क्वान्टम टच र  चिलेल जस्ता  उपचार  विधि पनि रहेछन्। यी चिनियाँ विधि हुन्। यी सबै उपचार विधि निश्चय पनि निकै लाभदायक होलान्। लाभदायक नभए कुनै पनि विधि धेरै समय टिकि रहँदैनन्।

मेडिकल साइन्स वा आधुनिक उपचार विधिले भने कतिपय परम्परागत उपचार विधीहरुभित्रको रहस्य नकार्छ। तर मनलाई आनन्दित राख्दा या एकचित्त बनाउँदा तनाव कम हुन्छ भन्ने कुरा मेडिकल साइन्सले पनि स्विकार्छ। परम्परागत कतिपय विधीहरु उपचारको यही सूत्रमा विकास गरिएका हुन्।

तनाव व्यवस्थापनकै कुरा गर्न प्रकृति पनि तपाईंका लागि सहयोगी हुन सक्छ।   

जंगल, खोला, झरना, पहाड, हरियाली भएको ठाउँ वा बगैचा जस्ता ठाउँमा बस्दा र समय बिताउँदा शरीरले उर्जा आर्जन गर्छ। मानसिक तनाव घट्छ। सफा र शुध्द हावामा साँस फेर्न पाइन्। र, मनोभाव ताजा हुन्छ। ट्रेकिङ्गमा या वनभोज जाने कारण पनि यही हो। 

मेडिकल साइन्सको जगमा नै कुरा गर्ने हो भने, शारीरिक व्यायामले मष्तिष्कका केही रसजस्तै सेरोटोनिन, एस्टिाएलकोलीनर नरइपिनेफ्रिनलाई बढाउँछन्।  यी रस चिन्तारोग, डिप्रेसन र नकारात्मक सोचाई कमगर्न आवश्यक पर्दछन्। शारीरिक व्यायाम गर्दा अन्य केही रस पनि निस्कन्छन र दुखाई समेत कम गर्दछन्। यस्तै, प्रेमभाव, मैत्रीभाव र सहयोगको भावले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ।

तनाव व्यवस्थापनसँग जोडिने अर्को महत्वपूर्ण कुरा खानपान हो। जीवन शैलीको यो महत्वपूर्ण अनुक्रममा पनि ख्याल राखियो भने तनावबाट मात्र होइन यसबाट सृजना हुने रोगहरुबाट बच्न सकिन्छ।

सन्तुलित खानामा ध्यान गयो भने हामीले शारिरीक रुपमा आइपर्ने समस्याहरु पर पन्छाइरहेका हुन्छौ। सन्तुलित खाना अर्थात् कार्बाेहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, मिनरल्स, फाइवरजस्ता खानेकुरा र शरिरलाई चाहिने यीनीहरुको मात्रा। 

स्वस्थ जीवनशैली बिताउने, शारीरिक व्यायाम नियमित गर्ने, शरीरको वजन बढ्न नदिने, नमोटाउने, चुरोट नपिउने, खानेकुरामा विशेष ध्यान दिने र जंकफुड सकभर नखाने, बेला बेलामा ब्लड प्रेसर चेक गर्ने, रगत परीक्षण गरि कोलेस्टेरोल, ट्राइग्लिसराइडको अवस्था हेर्ने, आवश्यक परे ब्लड प्रेसर र कोलेस्टेरोललाई नियन्त्रण गर्न औषधिको प्रयोग गर्ने आदि गर्दा शरीर र मष्तिष्कलाई स्वस्थ राख्न सकिन्छ। स्वस्थ्य जीवनशैलीले शारीरिक तथा मानसिक रोग लाग्नबाट सकभर वचाउँछ।

यत्ति कुरामा ध्यान दिइयो भने तनाव हाम्रो जीवनमा आइपुग्दैन। खुशी हाम्रै पोल्टामा रहन्छ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०७५  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्