• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

गौदानबारे एआईको भाषा

गोविन्द बेल्वासे सोमबार, फागुन १४, २०८०  १३:०२
1140x725

ब्राम्हणलाई गाई दान गर्ने परम्परा छ। हिन्दू अर्थात् सनातन परम्परामा वैदिक कालदेखि नै यसको प्रचलन रहेको अनुमान छ।

संस्कृत भाषामा मन्त्र उच्चारण गरेर ब्राम्हणलाई गाई दान दिने गरिन्छ। अहिलेको जमानामा यजमान र ब्राम्हण दुवैले गाई पाल्दैनन्। तर पनि पातको दुनामा गाईको मूल्य राखेर त्यसैलाई गाई भनेर दान गरिन्छ। टीका लगाइदिएर अर्को दुनामा दक्षिणा पनि दिइन्छ।

विदेशमा पनि नेपाली बस्न थालेका छन्। कतिपय देशमा पातका दुना जोहो गर्न नसक्दा प्लाष्टिकका दुनाबाटै काम चलाइन्छ। प्लास्टिकका दुनाका विषयमा वातावरणको विषय पनि उठ्छ। पूजा, श्राद्ध, प्रवचन लगायतका विविध संस्कार सुरु गर्दा जान-अञ्जानमा भएका पापहरूको दोष कटाउनु पर्छ भनेर ब्राम्हणले गौदान गराउँछन्।

गौदान प्रचलनको सम्बन्ध गुरूकुल शिक्षा पद्धतिसँग छ। गुरूकुल पद्धतिमा ब्राम्हणले निजी सम्पत्तिको सङ्कलन गर्दैनथे। ब्राम्हणले निजी सम्पत्ति जोर्नु अधर्म मानिन्थ्यो। दुहुनो गाई दान गरेर ब्राम्हणलाई  दिइन्थ्यो। उक्त गाईलाई चेलाहरूले घाँस, दाना, पानी दिन्थे र दूधको जोहो गर्थे।

गुरूलाई  पौष्टिक आहारको ब्यवस्था गर्न गौदानको प्रचलन बसेको हो। अन्न जोहो गरेर जीवन धान्न गुरूहरूले चेलालाई  भिक्षा माग्न पठाउँथे। घरघरमा गएर भिक्षा माग्दा विद्यार्थी अवस्थाबाट नै सम्पत्तीको लोभ र इर्ष्या नियन्त्रण हुन्थ्यो। गुरूकुल शिक्षाको मूल मर्म नै लोभ र इर्ष्या नियन्त्रित छात्रको उत्पादन गर्नु हुन्थ्यो। धरम पालले लेखेको 'ब्युटिफूल ट्री' भन्ने पुस्तकले पनि उक्त सन्दर्भ उजागर गरेको पाइन्छ।

ब्राम्हणले संस्कृत भाषामा मन्त्रोच्चारण गर्दा सर्वसाधारणले अर्थ बुझदैनन्। तर आध्यात्मिक आस्थाका कारण धार्मिक अनुष्ठानका रूपमा गौदानले सामाजिक मान्यता पाएको छ। यहिंनिर यो नबुझेको भाषालाई अबको  एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को जमानामा हुर्कने पुस्ताले कसरी अवलम्बन गर्लान भन्ने प्रश्न उठ्छ।

गुरूकुल भनेर खुलेका स्कुल लगायतका शिक्षा पद्धतिमा कर्पोरेट कल्चर बढ्दै गएको छ। धन कुम्ल्याउने गतिलो व्यवसाय मानिन्छ शिक्षा क्षेत्रलाई। मानिसले चन्द्रमामा पहिलो पाइला टेक्दा हुर्केका भौतिकवादी नेताहरू गेरूवस्त्रको स्वाङ रचेर धर्मको आडमा राजनीति गर्न थालेका छन्। तर गुरूकुल शिक्षा पद्धतिको लोभ इर्ष्या नियन्त्रण हुने सामाजिक संरचना भत्किएको अवस्था छ। 

प्रविधि सुसज्जित यो समयमा गौदानको प्रचलन कायम रहनु अन्धविश्वास हो कि होइन? गौदानका ठाउँमा मोबाइल फोन दान गरे पुरोहितलाई पनि उपयोगी ठहरिन सक्छ। तर त्यो मोबाइलसँग भने पक्कै पनि आस्था त जोडिन्न होला। तर मोबाइल समय सान्दर्भिक छ। मोबाइल फोनमा पनि संस्कृत भाषाका मन्त्र उच्चरण गराएरै न्वारान लगायतका संस्कार चलाउने चलन पनि देख्न थालिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

आध्यात्मिक अनुष्ठानको मान्यता
दार्शनिक ज्याक डेरिडाको भाषाको प्रयोजनको अर्थमा हेर्दा गौदानले आध्यात्मिक अनुष्ठानको मान्यता पाएको छ। गौदान पापबाट मुक्त हुने माध्यम मानिएको छ। सर्वसाधारणले नबुझ्ने भाषामै गौदान गराउने ब्राम्हण प्रचलनका पछाडि शङ्का गर्ने कि नगर्ने?

गुरूकुल शिक्षा पद्धतिको मर्म छाडेर लोभमा लिप्त संस्कार विकास हुँदै गएको पाइन्छ। पच्चीस सय वर्ष पहिला गुरूकुल परम्परा विकृत हुँदै गएको बुझेरै बुद्धले पाली भाषालाई  माध्यम बनाएको अनुमान गर्न पनि सकिन्छ। वैदिक कालमा प्रचलित संस्कृत भाषाका ठाउँमा बुद्धपछिका समयमा पाली भाषाको प्रचलन हुनु त्यसको कारणका रूपमा बुझ्नु पर्छ।

पाली भाषा जनजिब्रोको भाषा थियो। जनताले नबुझ्ने केवल ब्राम्हणले प्रयोग गर्ने भाषाका कारण निजी सम्पत्ति नराखनु पर्ने ब्राम्हणहरू लोभी भए होलान्। त्यसै कारण पनि बुद्धले ज्ञानको मर्म बुझाउन जनजिब्रोको पाली भाषालाई माध्यम बनाएको हुनुपर्छ। अध्यात्मको सहारा त लोककल्याणकारी नीतिमा नै फलदायी हुन्छ।

मुन्सी प्रेम चंदले 'गोदान' उपन्यासमा उच्च वर्गका राय साहबले एक चाकडीवाज गरिब किसानसँग दु:ख पोख्छन्। उनले आफ्नो पीडा आफ्नै वर्गका मान्छेसँग पोख्न सक्दैनन्। लेखकले उक्त प्लटका माध्यमबाट प्रतिस्पर्धा त समान हैसियतकासँग मात्र गरिन्छ भन्ने सन्देश दिएका छन्। निर्देशक तथा लेखक राजकुमार हिरानीले पनि 'थ्री इडियट्स' भन्ने चलचित्रका माध्यमबाट साथी फर्स्ट भएको पीडाको शब्दजालबाट त्यही भाव व्यक्त गरेका छन्। जर्ज अर्वेलले ‘एनिमल फार्म’मा पनि समानता त समान वर्गको बीचमा मात्र हुन्छ भन्छन्।

गौदान गर्ने एकै वर्गका यजमानहरूका बीचमा पनि चोखो पुजेरीलाई गाई दान दिएर धर्म कमाउने होड चलेको हुन्छ। अर्को वर्गका पुजेरीहरू पनि यजमानलाई अध्यात्मको नसा चढाएर धन आर्जन गर्ने होडमा लागेका हुन्छन्। पुजेरीलाई गाई नपाल्ने जमानामा गाईको सट्टा जमाना अनुसार उपयोगी वस्तुको दान माग्ने जोखिम उठाउन मन छैन किनकि यजमानहरू बुझिनबुझी गाई ब्राम्हणलाई दान गरेको खण्डमा स्वर्ग जान पाइन्छ भन्ने लोभमा छ।

गाई  दान किन गरिन्छ भन्ने सोच्ने त यजमानलाई  फुर्सद पनि छैन। आध्यात्मिक भावनामा 'कारण र तर्क' खोजिँदैन, प्रचलनमा रहेको संस्कार अवलम्बन गरे पुग्छ भन्ने मान्यता छ। गाईको प्रयोजन रहेन भनेर अरू वस्तु दान माग्नु जोखिमपूर्ण त हुन्छ नै।

पुरेतहरूले 'श्राद्ध गर्दा बिरालो बाँध्ने' प्रचलनमाथि व्यंग्य गरेर संस्कार समय सापेक्ष हुनुपर्छ भन्ने तर्क पनि गर्न त गर्छन्। तर बिरालो बाँध्नु जस्तै समय सान्दर्भिक नरहेको प्लास्टिकको दुनामा डलर राखेर कुस, जौ, तिल र पानी समाएर दिने गाई दान असान्दर्भिक हुँदै गएको छ। गाईको सट्टा अब 'एआई' सुविधा भएको स्मार्ट फोन प्याकेट खोलेर दान गरे सनातन धर्म अगाडि बढ्न सक्छ। त्यसो गर्ने हो भने संस्कृत भाषा नबुझ्ने नयाँ पुस्ताले एआईबाट गौदानको अर्थ, मर्म, प्रचलन र संस्कार बुझ्नेछन्। श्राद्ध गर्दा बिरालो बाँध्न पर्दैन भने जस्तै नयाँ पुस्ताले गाई दान गर्न छाड्लान त?

(अधिवक्ता बेल्वासे बेलायतमा बसोबास गर्छन्।)

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप
असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
सहकारीले ऋणीबाट बाँकी ब्याजको ५ प्रतिशत हर्जाना लिन पाउने आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्