• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

गौदानबारे एआईको भाषा

गोविन्द बेल्वासे सोमबार, फागुन १४, २०८०  १३:०२
1140x725

ब्राम्हणलाई गाई दान गर्ने परम्परा छ। हिन्दू अर्थात् सनातन परम्परामा वैदिक कालदेखि नै यसको प्रचलन रहेको अनुमान छ।

संस्कृत भाषामा मन्त्र उच्चारण गरेर ब्राम्हणलाई गाई दान दिने गरिन्छ। अहिलेको जमानामा यजमान र ब्राम्हण दुवैले गाई पाल्दैनन्। तर पनि पातको दुनामा गाईको मूल्य राखेर त्यसैलाई गाई भनेर दान गरिन्छ। टीका लगाइदिएर अर्को दुनामा दक्षिणा पनि दिइन्छ।

विदेशमा पनि नेपाली बस्न थालेका छन्। कतिपय देशमा पातका दुना जोहो गर्न नसक्दा प्लाष्टिकका दुनाबाटै काम चलाइन्छ। प्लास्टिकका दुनाका विषयमा वातावरणको विषय पनि उठ्छ। पूजा, श्राद्ध, प्रवचन लगायतका विविध संस्कार सुरु गर्दा जान-अञ्जानमा भएका पापहरूको दोष कटाउनु पर्छ भनेर ब्राम्हणले गौदान गराउँछन्।

गौदान प्रचलनको सम्बन्ध गुरूकुल शिक्षा पद्धतिसँग छ। गुरूकुल पद्धतिमा ब्राम्हणले निजी सम्पत्तिको सङ्कलन गर्दैनथे। ब्राम्हणले निजी सम्पत्ति जोर्नु अधर्म मानिन्थ्यो। दुहुनो गाई दान गरेर ब्राम्हणलाई  दिइन्थ्यो। उक्त गाईलाई चेलाहरूले घाँस, दाना, पानी दिन्थे र दूधको जोहो गर्थे।

गुरूलाई  पौष्टिक आहारको ब्यवस्था गर्न गौदानको प्रचलन बसेको हो। अन्न जोहो गरेर जीवन धान्न गुरूहरूले चेलालाई  भिक्षा माग्न पठाउँथे। घरघरमा गएर भिक्षा माग्दा विद्यार्थी अवस्थाबाट नै सम्पत्तीको लोभ र इर्ष्या नियन्त्रण हुन्थ्यो। गुरूकुल शिक्षाको मूल मर्म नै लोभ र इर्ष्या नियन्त्रित छात्रको उत्पादन गर्नु हुन्थ्यो। धरम पालले लेखेको 'ब्युटिफूल ट्री' भन्ने पुस्तकले पनि उक्त सन्दर्भ उजागर गरेको पाइन्छ।

ब्राम्हणले संस्कृत भाषामा मन्त्रोच्चारण गर्दा सर्वसाधारणले अर्थ बुझदैनन्। तर आध्यात्मिक आस्थाका कारण धार्मिक अनुष्ठानका रूपमा गौदानले सामाजिक मान्यता पाएको छ। यहिंनिर यो नबुझेको भाषालाई अबको  एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को जमानामा हुर्कने पुस्ताले कसरी अवलम्बन गर्लान भन्ने प्रश्न उठ्छ।

गुरूकुल भनेर खुलेका स्कुल लगायतका शिक्षा पद्धतिमा कर्पोरेट कल्चर बढ्दै गएको छ। धन कुम्ल्याउने गतिलो व्यवसाय मानिन्छ शिक्षा क्षेत्रलाई। मानिसले चन्द्रमामा पहिलो पाइला टेक्दा हुर्केका भौतिकवादी नेताहरू गेरूवस्त्रको स्वाङ रचेर धर्मको आडमा राजनीति गर्न थालेका छन्। तर गुरूकुल शिक्षा पद्धतिको लोभ इर्ष्या नियन्त्रण हुने सामाजिक संरचना भत्किएको अवस्था छ। 

प्रविधि सुसज्जित यो समयमा गौदानको प्रचलन कायम रहनु अन्धविश्वास हो कि होइन? गौदानका ठाउँमा मोबाइल फोन दान गरे पुरोहितलाई पनि उपयोगी ठहरिन सक्छ। तर त्यो मोबाइलसँग भने पक्कै पनि आस्था त जोडिन्न होला। तर मोबाइल समय सान्दर्भिक छ। मोबाइल फोनमा पनि संस्कृत भाषाका मन्त्र उच्चरण गराएरै न्वारान लगायतका संस्कार चलाउने चलन पनि देख्न थालिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आध्यात्मिक अनुष्ठानको मान्यता
दार्शनिक ज्याक डेरिडाको भाषाको प्रयोजनको अर्थमा हेर्दा गौदानले आध्यात्मिक अनुष्ठानको मान्यता पाएको छ। गौदान पापबाट मुक्त हुने माध्यम मानिएको छ। सर्वसाधारणले नबुझ्ने भाषामै गौदान गराउने ब्राम्हण प्रचलनका पछाडि शङ्का गर्ने कि नगर्ने?

गुरूकुल शिक्षा पद्धतिको मर्म छाडेर लोभमा लिप्त संस्कार विकास हुँदै गएको पाइन्छ। पच्चीस सय वर्ष पहिला गुरूकुल परम्परा विकृत हुँदै गएको बुझेरै बुद्धले पाली भाषालाई  माध्यम बनाएको अनुमान गर्न पनि सकिन्छ। वैदिक कालमा प्रचलित संस्कृत भाषाका ठाउँमा बुद्धपछिका समयमा पाली भाषाको प्रचलन हुनु त्यसको कारणका रूपमा बुझ्नु पर्छ।

पाली भाषा जनजिब्रोको भाषा थियो। जनताले नबुझ्ने केवल ब्राम्हणले प्रयोग गर्ने भाषाका कारण निजी सम्पत्ति नराखनु पर्ने ब्राम्हणहरू लोभी भए होलान्। त्यसै कारण पनि बुद्धले ज्ञानको मर्म बुझाउन जनजिब्रोको पाली भाषालाई माध्यम बनाएको हुनुपर्छ। अध्यात्मको सहारा त लोककल्याणकारी नीतिमा नै फलदायी हुन्छ।

मुन्सी प्रेम चंदले 'गोदान' उपन्यासमा उच्च वर्गका राय साहबले एक चाकडीवाज गरिब किसानसँग दु:ख पोख्छन्। उनले आफ्नो पीडा आफ्नै वर्गका मान्छेसँग पोख्न सक्दैनन्। लेखकले उक्त प्लटका माध्यमबाट प्रतिस्पर्धा त समान हैसियतकासँग मात्र गरिन्छ भन्ने सन्देश दिएका छन्। निर्देशक तथा लेखक राजकुमार हिरानीले पनि 'थ्री इडियट्स' भन्ने चलचित्रका माध्यमबाट साथी फर्स्ट भएको पीडाको शब्दजालबाट त्यही भाव व्यक्त गरेका छन्। जर्ज अर्वेलले ‘एनिमल फार्म’मा पनि समानता त समान वर्गको बीचमा मात्र हुन्छ भन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गौदान गर्ने एकै वर्गका यजमानहरूका बीचमा पनि चोखो पुजेरीलाई गाई दान दिएर धर्म कमाउने होड चलेको हुन्छ। अर्को वर्गका पुजेरीहरू पनि यजमानलाई अध्यात्मको नसा चढाएर धन आर्जन गर्ने होडमा लागेका हुन्छन्। पुजेरीलाई गाई नपाल्ने जमानामा गाईको सट्टा जमाना अनुसार उपयोगी वस्तुको दान माग्ने जोखिम उठाउन मन छैन किनकि यजमानहरू बुझिनबुझी गाई ब्राम्हणलाई दान गरेको खण्डमा स्वर्ग जान पाइन्छ भन्ने लोभमा छ।

गाई  दान किन गरिन्छ भन्ने सोच्ने त यजमानलाई  फुर्सद पनि छैन। आध्यात्मिक भावनामा 'कारण र तर्क' खोजिँदैन, प्रचलनमा रहेको संस्कार अवलम्बन गरे पुग्छ भन्ने मान्यता छ। गाईको प्रयोजन रहेन भनेर अरू वस्तु दान माग्नु जोखिमपूर्ण त हुन्छ नै।

पुरेतहरूले 'श्राद्ध गर्दा बिरालो बाँध्ने' प्रचलनमाथि व्यंग्य गरेर संस्कार समय सापेक्ष हुनुपर्छ भन्ने तर्क पनि गर्न त गर्छन्। तर बिरालो बाँध्नु जस्तै समय सान्दर्भिक नरहेको प्लास्टिकको दुनामा डलर राखेर कुस, जौ, तिल र पानी समाएर दिने गाई दान असान्दर्भिक हुँदै गएको छ। गाईको सट्टा अब 'एआई' सुविधा भएको स्मार्ट फोन प्याकेट खोलेर दान गरे सनातन धर्म अगाडि बढ्न सक्छ। त्यसो गर्ने हो भने संस्कृत भाषा नबुझ्ने नयाँ पुस्ताले एआईबाट गौदानको अर्थ, मर्म, प्रचलन र संस्कार बुझ्नेछन्। श्राद्ध गर्दा बिरालो बाँध्न पर्दैन भने जस्तै नयाँ पुस्ताले गाई दान गर्न छाड्लान त?

(अधिवक्ता बेल्वासे बेलायतमा बसोबास गर्छन्।)

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्