• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य

64x64
नेपाल लाइभ शनिबार, भदौ २७, २०८३  १९:११
1140x725

काठमाडौं– अलकायदाका संस्थापक तथा कुख्यात आतंकवादी ओसामा बिन लादेनका छोरा हमजा बिन लादेन जिउँदै रहेको संकेत गर्ने नयाँ भिडियो सार्वजनिक भएको छ ।

अमेरिकाको ९/११ आतंकवादी हमलाको २५औँ वार्षिकीको अवसरमा अलकायदाको मिडिया शाखा अस–सहाबले करिब ५० मिनेट लामो भिडियो सार्वजनिक गरेको हो। उक्त भिडियोमा हमजा बिन लादेन देखिएको दाबी गरिएको छ।

हमजा सन् २०१९ मा अमेरिकी सैन्य कारबाहीमा मारिएको खबर सार्वजनिक भएको थियो। अफगानिस्तान–पाकिस्तान सीमाक्षेत्रमा आतंकवादीविरुद्ध गरिएको अमेरिकी अभियानमा उनी मारिएको बताइएको थियो। तर अहिले सार्वजनिक भनिएको नयाँ भिडियोमा देखिएको दृश्यले उनको मृत्युबारे पुरानो दाबीमाथि नै प्रश्न उठाएको छ।

माटोको पर्खालअगाडि पगडी लगाएर बसेका हमजा
भिडियोमा हमजा परम्परागत सेतो पगडी लगाएर माटोको पर्खालअगाडि बसेको देखिन्छ। उनको छेउमा असल्ट राइफलसमेत देखिएको सामग्रीमा उल्लेख छ।

सबैभन्दा महत्वपूर्ण कुरा, भिडियोमा देखाइएको हमजाको फुटेज यसअघि सार्वजनिक नभएको दाबी गरिएको छ। यही कारण उनको जीवित अवस्थाबारे नयाँ बहस सुरु भएको हो।

यद्यपि, भिडियोमा देखिएको व्यक्ति वास्तवमै हमजा बिन लादेन नै हुन् वा होइनन् भन्ने विषयमा स्वतन्त्र पुष्टि भने भएको छैन।

अल–जवाहिरीको पनि देखियो नयाँ तस्वीर
५० मिनेट लामो उक्त भिडियोमा अलकायदाका पूर्व प्रमुख अयमान अल–जवाहिरीका केही तस्वीरसमेत देखाइएको छ। विशेष कुरा के छ भने ती तस्वीरहरू यसअघि सार्वजनिक नभएका दाबी गरिएको छ।

अमेरिकी ड्रोन हमलामा जवाहिरी मारिएको बताइए पनि अलकायदाले उनको मृत्यु औपचारिक रूपमा स्वीकार नगरेको सामग्रीमा उल्लेख छ। उनको मृत्युबारे औपचारिक श्रद्धाञ्जली वा सार्वजनिक घोषणा पनि संगठनले नगरेको दाबी गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

भिडियोमार्फत हमजालाई उत्तराधिकारी बनाउन खोजिएको हो ?
विश्लेषक तथा स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरुमा हमजालाई भिडियोमा प्रस्तुत गर्नुका पछाडि अलकायदाको दुईवटा उद्देश्य हुनसक्ने उल्लेख गरेका छन्।

पहिलो, ओसामा बिन लादेनका उत्तराधिकारीका रूपमा हमजाको छवि स्थापित गर्नु र दोस्रो, अलकायदाको कट्टरपन्थी विचारधाराको प्रचार गर्दै संगठनमा नयाँ सदस्य आकर्षित गर्नु।

भिडियोमा हमजाको उपस्थितिलाई संगठनको प्रचार रणनीतिका रूपमा प्रयोग गरिएको हुनसक्ने दाबी पनि गरिएको छ।

भिडियोको सुरुवातमै देखाइयो २०१४ को हमला
अलकायदाले सार्वजनिक गरेको भनिएको भिडियोको सुरुवातसमेत असामान्य रहेको सामग्रीमा उल्लेख छ। भिडियोमा ९/११ हमलासँग सम्बन्धित दृश्यबाट सुरु गर्नुको सट्टा सेप्टेम्बर २०१४ मा पाकिस्तानको कराचीस्थित नौसैनिक डकयार्डमा भएको आक्रमणको दृश्यबाट सुरुवात गरिएको बताइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अलकायदासँग सम्बन्धित उक्त आक्रमणको फुटेजलाई सुरुवातमै राखेर संगठनले आफ्नो पुरानो गतिविधि र हिंसात्मक विचारधारालाई पुनः प्रचार गर्न खोजेको हुनसक्ने देखिन्छ।

हमजा बिन लादेन सन् २०१९ मा मारिएको खबर सार्वजनिक भए पनि अहिले सार्वजनिक भएको भनिएको भिडियोले उनको अवस्थाबारे पुनः प्रश्न उठाएको छ। तर भिडियोको आधारमा मात्रै उनी जीवित रहेको निष्कर्षमा पुग्न भने पर्याप्त प्रमाण नरहेको देखिन्छ।

1/ 🧵 Al-Qaeda's As-Sahab released a 25th anniversary video, "A Quarter Century of the 11 September Raids (Part One)." It features footage of a man it presents as Hamza bin Laden. He appears 3 times, & how al-Qaeda frames him matters as much as what he says https://t.co/VOmMn7a7MY

— Sara Harmouch, Ph.D. د.سارة هرموش (@Dr_SaraHarmouch) September 10, 2026

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने
सम्बन्धित सामग्री
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति र स्थान पहिचान... मंगलबार, मंसिर १, २०८३
इरानसँगको द्वन्द्व लम्ब्याउन चाहँदैन अमेरिका, इरानसमर्थित समूहविरुद्ध इराकले सेना परिचालन गर्ने इरानसँग जारी द्वन्द्व लामो समयसम्म नलम्ब्याउने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । उनले इरानको आणविक कार्यक्रम अमेरिकाका... मंगलबार, मंसिर १, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइर... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर १, २०८३
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार, मंसिर १, २०८३
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने मंगलबार, मंसिर १, २०८३
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ भएन मंगलबार, मंसिर १, २०८३
लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्