काठमाडौं– राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार भएका छन् । शनिबार दिउँसो संवाद डबलीमा समसामयीक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा ५:४५ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलिले गिरफ्तार गरेको हो ।

आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाढी पीडितलाई राहतभन्दा आहत दिएको प्रतिक्रिया दिएका थिए ।

यसअघि जेठ १५ गते विवादास्पद अभिव्यक्ति दिएको भन्दै परिसर भद्रकालीले गिरफ्तार गरेको थियो । एकप्तापछि सर्वोच्च अदालतले तरेखमा छाड्न आदेश दिएपछि रिहा भएका थिए । उनले भरखरै मात्र तारेख थामेर आएको र मंसिर २२ गतेको लागि अदालत उपस्थित हुने तारेख लिएर आएको परिवारका एक सदस्यले बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।