काठमाडौं– रूस र चीनसहित ब्रिक्स ब्रिक्स सदस्य राष्ट्रहरूले भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा गर्दै आतंकवादविरुद्ध सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
ब्रिक्स नयाँ दिल्ली घोषणामा २२ अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गर्दै घटनामा २६ जनाको ज्यान गएको उल्लेख गरिएको छ। सदस्य राष्ट्रहरूले आतंकवादको कुनै पनि रूप र त्यसका लागि दिइने कुनै पनि औचित्य स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
घोषणामा आतंकवादलाई कुनै धर्म, राष्ट्रियता वा समुदायसँग जोड्ने प्रयासको विरोध गरिएको छ। साथै, आतंकवादलाई सहयोग गर्ने वित्तीय स्रोत रोक्न तथा आतंकवादीलाई सुरक्षित आश्रय उपलब्ध गराउने व्यक्ति, समूह वा संरचनाविरुद्ध कारबाही गर्नुपर्नेमा जोड दिइएको छ।
सीमापार आतंकवाद, त्यसको वित्तपोषण तथा आतंकवादीलाई आश्रय दिनेहरूमाथि सामूहिक रूपमा कारबाही गर्नुपर्नेमा पनि ब्रिक्स राष्ट्रहरू सहमत भएका छन्। आतंकवादी तथा आतंकवादी संगठनलाई जवाफदेही बनाउँदै उनीहरूविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने घोषणामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।