काठमाडौं– पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेका दुई पुस्तक सार्वजनिक भएको छ।
शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेता वाग्लेद्वारा लिखित ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्य ः मेरो दृष्टि’ नामक दुई पुस्तक विमोचन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वाग्लेका कृतिले नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुगेको विचार व्यक्त गरे। वाग्लेका यसअघि दुई उपन्यास प्रकाशन भइसकेको छ। ‘बन्धनशालामा खीर’ (२०७०) र ‘बलिदानले बनेको देश’ (२०७२) कृति बजारमा आएका थिए।
कार्यक्रममा कांग्रेस उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायतले नेता वाग्लेको साहित्यिक जीवनको सफलताको कामना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।