किगाली– रूवान्डाका प्रतिपक्षी दलका नेता भिक्टर इनाविरसहित करिब दुई हजार बन्दीलाई शनिबार रिहा गरिएको छ।
रूवान्डाका राष्ट्रपति पाउल कगामीले प्रतिपक्षी नेता इनाविरसहित बन्दी अवस्थामा रहेका उनका दुई हजार समर्थकलाई एक्कासी रिहा गर्न निर्देशन दिएपछि उनीहरू रिहा भएका हुन्।
‘राष्ट्रपतिद्वारा स्वतन्त्रता प्रदान गरेकोमा उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु,’ इनाविरले राजधानी किगालीको मागेरागेरा जेलबाट रिहा भए लगत्तै सञ्चारकर्मीसँग बताए।
‘यो रूवान्डामा राजनीतिका लागि मलाई दिइएको स्वतन्त्रता (खुलापन) को सुरुवात भएको मैले विश्वास गरेको छु,’ उनले भने।
राजनीतिक प्रतिशोधका आधारमा जेलमा राखिँदै आएका अन्य बन्दीहरूलाई पनि रिहा गर्न राष्ट्रपति कगामीसमक्ष उनले आग्रह गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।