काठमाडौं– बालुवाखानी सञ्चालकबाट घुस लिँदालिँदै ९ जना प्रहरीलाई अख्तियारले पक्राउ गरेको छ। उनीहरुलाई कोटेश्वरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले पुष्टि गरे।
असइ गोपाल श्रेष्ठले ३० हजार, असई सुवास ढुंगाना र प्रहरी हवल्दार दीपक भारतीलाई ४५ हजार घुस लिँदालिँदै अख्तियारकाे टाेलीले पक्राउ गरिएको हो।
यसैगरी प्रहरी हवल्दार उमेश यादव, अमन चौधरी, प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेलले ५ –५ हजार रुपैयाँ लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गर्दै गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।