काठमाडाैं- बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै काठमाडाैंमा बृहत् प्रदर्शन गरिएकाे छ। स्वतस्फुर्त रुपमा जम्मा भएका मानिसले 'निर्मलाका निम्ति न्याय: जनताकाे भेला' लेखिएका ब्यानर बाेकेका प्रदर्शनकारीले बलात्कारी सार्वजनिक गर्न दबाव दिँदै नाराजुलुश गरेका थिए।
दिउँसाे १ बजे माइतीघर मण्डलाबाट शुरु भएकाे प्रदर्शन बानेश्वर पुगेर फेरी माइतीघरमा पुगेकाे थियाे।
महिला अधिकारवादी, विभिन्न पेशाकर्म, नागरिक समाज, पत्रकारलगायतकाे उपस्थिति रहेकाे प्रदर्शनमा निर्मला पन्तका बुबाअामा समेत सडकमा अाेर्लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।