हाउसटन– संयुक्त राज्य अमेरिकी राज्य टेक्सासमा प्रकोपको घोषणा गरिएको छ ।
उक्त राज्यमा अविरल वर्षा र यसका कारण व्यापक मात्रामा बाढी आएको छ। यसले गर्दा यहाँका दर्जनौं जिल्ला (काउन्टी) मा प्रभाव पारेको छ। यस राज्यका गभर्नर जर्ज अबोटले राज्यका ७८ काउन्टीमा प्रकोप रहेको भन्दै ती राज्यलाई प्रकोप प्रभावित घोषणा गरेका छन्।
ती राज्यमा आँधीको पनि सम्भावना रहेको बताइएको छ। त्यसैले सतर्कता अपनाउन भनिएको छ।
गभर्नर अबोटले ती प्रभावित काउन्टीहरुमा सहायताका लागि अधिकारीहरु खटाउने तयारी गरिएको बताएका छन्।
अहिले नै निकै नै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रहरुमा अझ आँधी आउने सम्भावना देखिएकोले प्रकोप प्रभावित क्षेत्र घोषणा गरिएको उनले बताए।
आँधीको सम्भावना रहेका क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ।
ती क्षेत्रका नागरिकलाई सतर्कतासाथ बस्न भनिएको छ। अमेरिकाका अरु पनि केही राज्यमा आँधीको सम्भावना रहेको सूचना शुक्रबार नै जारी गरिएको थियो।
गत वर्षको अगष्टमा पनि यस राज्यमा आएको आँधीले ठूलो क्षति पुर्याएको थियो।
अहिले पनि शुक्रबार र शनिबार आँधीको सम्भावना रहेको मौसमसम्बन्धी अधिकारीहरुले जनाएका छन्।
टेक्सासमा गत वर्ष आएको आँधी ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आएको बताइएको थियो। यसवर्ष पनि ती स्थानमा यस्तै आँधीको त्रास रहेको बताइएको छ।
अमेरिको पूर्वी सामुद्रिक तटमा आएको ‘फ्लोरेन्स’ नामको यस शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भइसकेको छ।
कतिपय संचार माध्यमहरुले भने मृत्यु हुनेहरुको संख्या चार भन्दा बढी भएको समाचार संप्रेषण गरेका छन्। तर यसको पुष्टि भने भएको छैन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।