बर्दिबास– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा लागु औषध नियन्त्रणका लागि अभियान चलाउन निर्देशन दिएका छन्। गृहमन्त्री श्रेष्ठले लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न मातहत निकायलाई निर्देशन दिएका हुन्।
बिहीबार महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समीक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरेका थिए। रिपोर्टिङ सुनेपछि गृहमन्त्री श्रेष्ठले गर्नुभएको थियो।
रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागु औषक नियन्त्रणका लागि अभियान चलाउन निर्देशन दिएका हुन्।
त्यसक्रममा गृहमन्त्री श्रेष्ठले संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको बताए। गृहमन्त्री श्रेष्ठले धार्मिक विषयमा सहिष्णु हुन, तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न निर्देशन दिए।
सीमामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अबैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताए। मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाही गर्न समेत उनले निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।