नेपालका हिमाली र पहाडी क्षेत्र पदयात्राका लागि अपार खानी हुन् । प्राकृतिक दृश्यपान गर्दै आनन्दित हुने छँदै छ, स्थानीय भूगोलका विविध कुरा बुझिने भएकाले पदयात्राको विशेष महत्व छ।
गोर्खाको आरुघाटबाट मनास्लु बेसक्याम्प र लार्केपास जाँदा रोमाञ्चित र लाभान्वित दुवै अनुभव एकसाथ गर्न सकिन्छ । एकातिर हिमाली छटा र पाखा चिर्दै कुलकुलाएका झरना तथा हिमनदी, अर्कातिर विकट हिमाली जनजीवन ।
मनास्लु यात्राका झलक हेरौं:
ठूलो ढुंगाबाट जगत जाँदा भित्ता खोपेर बनाइएको पुल
गोरखाको नौले झरना र मनास्लु जाने बाटोमा पर्ने झोलुंगे पुल
पुङ्गेन गुम्बा जाने बाटोमा
मनास्लु बेसक्याम्प जाँदै गर्दा देखिएको सामागाउँ र श्याला
ल्हो गाउँ, ३१०० मिटर
भन्जाम (२६५० मिटर) मा देखिएको गहुँ खेती
मनास्लु बेसक्याम्प जाने क्रममा देखिने वीरेन्द्र ताल
अर्को कोणबाट वीरेन्द्र ताल
बाटोमा यस्ता हिमताल ठाउँ-ठाउँमा देख्न सकिन्छ
बेस क्याम्प जाने बाटोबाट देखिएको मनास्लु हिमाल
मनास्लु बेसक्याम्प, ४८०० मिटर
मनास्लु बेसक्याम्पबाट देखिएको दृश्य
बेसक्यापबाट देखिएको वीरेन्द्र ताल
लार्के पास पुग्नुअघिको मनोरम दृश्य, पृष्ठभूमिमा लार्केपिक
लार्के पास
लार्के पासबाट ओरालो झर्दै गर्दा देखिएको दृश्य
धर्मशाला (४४६० मिटर) मा पदयात्रीलाई सुत्न बनाइएको टेन्ट, यहाँ होटेल नभएकोले यस्तै टेन्टमा बस्नुपर्छ
बाटोमा सुस्ताउँदै
लार्के पास गर्दै गर्दा देखिने अन्नपूर्ण हिमालमा परेको सूर्योदयको किरण
सोतीखोलाबाट १५ मिनेट पैदल यात्रा गरेपछि आउने खुर्सानी बारीबाट देखिएको डडारे झरना
मनास्लु बेसक्याम्पको केही तल बग्ने खोला
सामागाउँबाट देखिने मनास्लुको सूर्योदय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।