• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

युक्रेन युद्धमा होमिन पुगेका सुमन कसरी फर्किए नेपाल?

64x64
कल्पना घिमिरे शनिबार, माघ २०, २०८०  १६:२०
1140x725

काठमाडौं– रोजगारीका लागि खोटाङदेखि काठमाडौं आएका सुमन राई २०६९ सालदेखि तन्दुरीमा कुकको काम गर्थे। ७ वर्ष काम गरेको अनुभवपछि २०७६ सालमा ललितपुरमा आफैंले होटल खोले।

होटल राम्रोसँग चल्दै थियो। त्यहिबेला नेपालमा कोरोना महामारी फैलियो। लकडाउन भयो र होटल बन्द भयो। होटल नचलेपछि उनले ठूलो घाटा व्यहोरे। लकडाउनको समयमा होटल छाडेर फेरि फेन्सी पसल खोले। तर, फेन्सी पसलबाट आम्दानी राम्रो भएन।

‘भाडा महँगो थियो। आम्दानी राम्रो थिएन। अघिल्लो होटल खोल्दा लागेको ऋण पनि तिर्नु थियो। त्यो पसलको आम्दानीले तिर्ने देखिएन। अस्ति असोजमा मलेशिया जाने सोच लिएर मेनपावर खोज्दै भौतारिएँ,’ उनी सुनाउँछन्।

सुमन मलेशिया जाने लक्ष्य बोकेर सुकेधाराको एक मेनपावरमा पुगे। त्यो मेनपावरका सञ्चालकले मलेशियामाभन्दा रुसी आमीमा भर्ती हुन रुस गए राम्रो कमाइ हुने आश्वासन दिए। 

‘मलेशियाभन्दा अहिले रुसमा राम्रो छ। जान खर्च पनि धेरै छैन। मासिक २ लाख ६५ हजार रुपैयाँ कमाइ गर्ने लोभ देखाए। त्यहाँ काम गर्दै गएपछि रेड कार्ड पनि पाइन्छ भनेर लोभ देखाए। युद्ध हुँदै छ भन्ने थाहा भएन,’ उनले भने।

त्यसपछि सुमन रुस जाने तयारीमा लागे। मासिक साढे दुई प्रतिशत ब्याजदरमा ८ लाख रुपैयाँ ऋण लिएर मेनपावरलाई बुझाए। उनलाई भिजिट भिसामा लैजाने प्रोसेस गरियो। उनी गत असोज १५ गते रुस आर्मीमा भर्ती हुनका लागि विदेशिए।
 
‘त्यतिबेला घरपरिवारमा छुट्टै खुसी छाएको थियो। ऋण गरेरै भए पनि छोरा राम्रो कमाइ हुने देशमा जान लाग्यो भनेर निकै खुसी हुनुहुन्थ्यो,’ उनी सुनाउँछन्,  ‘३० दिनको भिसा लगाएर दुबई उडाइयो। दुवैबाट उडेपछि ८ घण्टा एयरपोर्टमा  राखियो। त्यहाँको एजेन्ट आएर मस्कोको एक होटलमा लगेर राख्यो। होटल लगेको भोलिपल्टै रसियन आर्मीमा भर्ती गराइयो।’

आर्मीमा भर्ती भइसकेपछि पहिलो क्याम्पमा लगियो। केही दिनपछि पहिलो क्याम्पबाट दोस्रो र त्यहाँ उनलाई दौडिने, कुद्ने, लुक्ने जस्ता तालिम दिइन्थ्यो।

‘त्यस्तो विशेष तालिम भने हुँदैन थियो। त्यही दौडाउने, भाग्ने त्यसपछि सिधै वार्डमा लैजाने हो। अनि युक्रेनसँग युद्ध गर्न अगाडि नेपालीलाई पठाउँछ,’ उनले भने,  ‘अनि दोस्रो क्याम्पमा फाइनल सोध्ने रहेछ, ड्युटी गर्न चाहन्छ चाहँदैन। तर त्यहाँ हामीले साइन गरिहाल्यौं।’

Ncell 2
Ncell 2
nimb
nimb

सोधे पनि ड्युटी गर्न खुसी छैन नेपाल फर्किन्छु भन्दा पनि पासपोर्ट राखिदिएर नेपाल नपठाएर सिधै युक्रेन पठाउने गरेको उनी सुनाउँछन्। पहिलो, दोस्रो क्याम्प गर्दै एक महिना १५ दिन बितिसकेको थियो।

उनलाई युक्रेन लैजाने तयारी थियो। एक हप्तापछि युक्रेनसँग युद्ध गर्नुपर्ने थियो। उनले सुनेका थिए, ‘युक्रेन युद्धमा नेपालीलाई सबैभन्दा अगाडि  ‘रेडजोन’ मा पठाउँछ।’ यही कुराले उनको मनमा त्रास भरिएको थियो।

एकदिन त सँगै भर्ती भएका इलामका एक नेपाली साथीले उनलाई एकजना नेपाली बितेको सुनाए। ‘त्यो घटना सुनेर झन मनमा त्रास बढिरहेको थियो। नेपाल जान पाए हुन्थ्यो भन्ने भइरहेको थियो। मैले रुसको केही भाषा बुझ्दिन थिएँ। स्याङ्जाका दिनेश क्षेत्रीलाई मैले नजिकबाट चिनेको थिएँ। उनैको सहयोगमा म नेपाल फर्किन सफल भएँ। त्यसैले म उनलाई भगवान सरह मान्छु,’ उनी सुनाउँछन्।

तालिममा पनि उनलाई थुप्रै गाली गलौज गर्ने गरिन्थ्यो। तर के भनेको भन्ने कुरा बुझ्न सुमनलाई रसियन भाषा आउँदैनथ्यो। तर दिनेशले भाषा बुझ्न सक्थे। दिनेशले रुसी सेनाले गरेको गाली नेपालीमा बुझाउँथे। दिनेश रुसमा करिब ४ वर्षदेखि काम गर्दै आएका थिए। 
 
‘१० जना नेपाली र १५ जना रुसी सँगै तालिममा थियौं। उ मेरो धेरै नजिकको साथी भएको थियो। रुसी सेनाहरुले गरेको गालीबारे उसले सुनाउँथ्यो। तिमीहरु भाषा बुझ्दैनौ मैले बुझिरहेको छु, यहाँ बस्नु ठीक छैन, यहाँबाट भागौं भन्यो। त्यसपछि मस्कोमा ३ दिन बसेर मसहित ३ जना त्यहाँबाट भागेर आयौं,’ उनले भने। 

Xtrem

Xtrem

त्यहाँबाट भाग्दा रुसी सेनाले पक्रेला भन्ने डर थियो। पक्रियो भने ७ वर्ष जेलमा पर्ने अर्को त्रास। १ महिना १५ दिनको तलब आएको थिएन। पैसा पनि छैन, ज्यान पनि दाउमा राखेर काम गर्नु पर्छ भने किन बस्ने भनेर फर्किने निर्णय लिए उनीहरुले। तर १ महिना १८ दिन बसाइपछि लुकीछिपी नेपाल फर्किन सफल भएको उनी सुनाउँछन्।

‘रुसी सेनामा काम गर्न सजिलो छैन, ज्यान दाउमा राखेर काम गर्नुपर्छ। तर पुगेपछि फर्किन पनि उत्तिकै अप्ठेरो छ। फर्किने बेलामा मैले नेपाली ३ लाख रुपैयाँ खर्च गरेँ। जाँदा लगभग ८ लाख रुपैयाँ बुझाएर गएको थिएँ। मेरो आउँदा जाँदा ११ लाख रुपैयाँ सकियो। तर त्यहाँ कमाई गर्न सकिएन,’ उनले भने।

उनले परिवारको पनि साथ पाए। ‘घरपरिवारले पैसा ठूलो कुरा होइन, बाँचेर आउनु ठूलो कुरा हो। टेन्सन लिने काम नगर पछि अर्को राम्रो देश गए जानू नेपालमै केही गर्न सकिन्छ भनेर सम्झाए’पछि हौसला मिलेको उनको भनाइ छ। 

अहिले उनले आफूलाई रुस जान प्रलोभन दिने व्यक्तिको खोजी गरिरहेका छन्। तर फेला पार्न नसकेको सुनाउँछन्।  ‘पठाउने एजेन्टको नाम पनि थाहा छैन। उसको कम्पनीको पनि नाम थाहा भएन। जाने बेलामा रकम बुझाउँदा उसलाई हातमै क्यास दिएको हो। उनीहरुसँग सम्पर्क छैन,’ उनले भने।
 
यस्तै उनी नेपालीलाई रुसमा कमाइ हुने प्रलोभनमा नफस्न आग्रह गर्छन्। विभिन्न मुलुक हुँदै भिजिट भिसामा अझै पनि नेपालीहरु रुस गइरहेको उनको भनाइ छ। 
‘दुबई लगायतका देशबाट रुस गइरहेका छन्। लगभग १५ हजार नेपाली रुसमा छन्। तर जति नेपाली भए पनि कसैको परिचय हुँदैन। कसैसँग कुराकानी गर्न पाउँदैनन्। त्यहाँ नेपाली बाहेक मंगोलिया, पन्जाबी, भारतीय र चीनतिरका छन्। तर नेपालीलाई युद्धमा अगाडि पठाउँछ। त्यसैले सरकारले जति नेपाली छन् ल्याउने तयारी गरोस्,’ उनको आग्रह छ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने... बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहे... बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्