बाग्लुङ- गएरातिदेखि थुनिएको बाग्लुङ र गुल्मीको सिमानामा रहेको बडिगाड खोलाबाट पानीको निकास सुरु भएको छ। ओभरफ्लो भई पानी बग्न थालेपछि किनारका स्थानीयवासीले केही राहत महसुस गरेका छन्।
बिहानदेखि बाँध बनेर जमेको पानी बग्न थालेकाले जोखिम घट्दै गएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिए।
गएराति साढे १२ बजे बाग्लुङको बडिगार्ड गाउँपालिका ७ तुरतुरे पहाडबाट सुक्खा पहिरो खस्दा खोला थुनिई करिब दुई किलोमिटर लामो ताल बनेको छ। ढोरपापाटन-२ सिमलचौरका चुराबहादुर कुमालको गोठसहित ३ गोरु तालमा पुरिएका छन्। यस्तै देवीराम कुमालको दुईतले घर गोठ, कृष्णबहादुर कुमालको घर गोठ र रामबहादुर कुमाल गोठ पुरिएको स्थानीयले बताएका छन्।
पहिरो खस्दा बाग्लुङ-बुर्तिवाङ खरबाङ खण्ड सडकको केही भागमा पनि क्षति पुर्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।