• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बहिनीको न्यायका लागि निर्मलाकी दिदीले गाइन् मन छुने देउडा गीत

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  १६:०४
1140x725

धनगढी– राष्ट्रिय बाल दिवस अर्थात बालबालिकाको हक अधिकार सुनिश्चित भएको दिन। शुक्रबार देशभरका बालबालिकाहरु विभिन्न कार्यक्रममा सरिक हुँदै बाल दिवस मनाउन व्यस्त थिए। तर, कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखाम खोल्टीकी मनिषा पन्तलाई भने बाल दिवसकाे कुनै उमंग थिएन, अनुहारमा चमक थिएन। थियो केवल शोकमा डुबेका आँखामा मात्र बहिनीको न्यायका लागि गरिएको याचना र प्रश्न थियाे।

बलात्कारपछि हत्या गरिएकी बहिनी निर्मलाको संझनामा गएको ५० दिनदेखि मनिषाको दैनिकी कुहिरोमा हराएको कागजस्तै गरी बित्ने गरेको छ। त्यसमाथि यत्रो समयसम्म बहिनी निर्मलाको हत्यारा पत्ता नलाग्नुले उनलाई थप कमजोर बनाएको छ। कलिलै उमेरमा बहिनी गुमाउनुको पीडा त छँदै छ, त्यसमाथि बहिनीसँग झगडा गरेको, सँगै सुतेको, खेलेको लगायतका झझल्को आइरहँदा उनी थप विक्षिप्त हुने गरेको बताउँछिन्। ‘बहिनीको असाध्यै याद आउ“छ। उसको सम्झना आयो की आ“खाबाट आँशु झर्छ। न केही खान मन लाग्छ, न काम गर्न जाँगर नै चल्छ।’, मनिषाले भनिन्।

बहिनी जुन अवस्थामा भेटिएकी थिइन्, त्याे अवस्था सम्झिँदा मनिषा आफ्नो बहिनीको हत्या नै गरिएकाे भन्नेमा ढुक्क छिन्। तर, उनलाई अनुसन्धानको प्रक्रियाबारेमा त्यती जानकारी छैन। २ महिना पुग्दै लाग्दा पनि सरकारले दोषी पहिचान गर्न नसकेकोमा उनको मनमा बरोबर प्रश्न भने उठ्ने गरेको छ। भन्छिन्, ‘बहिनीको हत्यारा कहिले पत्ता लाग्छ? किन सरकारले हाम्रो कुरा नसुनिरहेको होला?’

मनिषाका बुवाआमा छोरीको न्यायको लागि थप दबाव दिन हाल काठमाडौंमा छन्। निर्मलाका हत्यारालाई पक्राउको माग गर्दै अधिकारकर्मीदेखि आम सर्वसाधारणले पनि आफ्नो तर्फबाट आवाज उठाइरहेका छन्। तर, प्रहरी दोषीसमक्ष पुग्न सकेको छैन।

आज बाल दिवसकै अवसरमा भीमदत्त नगरपालिका–२ को एकता बाल क्लबले पनि बालगीत प्रतियोगिताको आयोजना गर्यो। तर, सो कार्यक्रम पनि यसै घटनाको प्रभावबाट मुक्त हुन सकेन। त्यसमाथि प्रतियोगितामा निर्मलाकी दिदीले बहिनीको न्यायका लागि देउडा गीत गाएपछि माहोल एकाएक भावुक बन्न पुग्यो।

‘पहाडका वनभरी पाकेका किरमडा। 
कहिले न्याय पाउने होला, मेर बहिनी निर्मला।

अहो काल भैदियो कमाउन आउ भन्या बेला अहो काल भैदियाे
पापीले लैदियो स्कुल पढन्या बेला पापीले लैदियो।

जन्म दिने मेरी आमा रुन्छिन् आँशु झारी। 
तेरा काल लैजान लाइछ त्यो लिखुकी बारी।’

साउन १० गते मनिषा साथीको घरमा जानुअघि निर्मलालाई भनेकी थिइन्, ‘म नआउँदा सम्म कतै नजानु है।’, मनिषाले बहिनीसँगको अन्तिम वार्तालाप सम्झिँदै भनिन्, ‘तर, म घर आउनुभन्दा अगाडि नै निर्मला साथी रोशनीको घर गइसकेकी रहिछ।’ उनले त्यस दिनभर आमाले बहिनी निर्मलालाई धेरैतिर खोजेको बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘आमाले रोशनीको घरमा गएर पनि बहिनी (निर्मला)लाई भेटिनन्। पछि ठाउँ–ठाउँमा पुगेर खोजी कार्य गरिदिन भनी गुहार मागिन्। तर, कतैबाट सहयोग भएन्।’ केहीबेर अवाक् मनिषा पुनः संवादमा जोडिइन्, ‘भोलिपल्ट उखुबारीमा बहिनीको लास भेटियो।’

बहिनीको बलात्कारपछि हत्या भएको घटनाले हिजोआज आफू पनि त्रसित भएको बताउँछिन् मनिषा। ‘पहिले कहिलेकाँही साथीहरुको घर जान्थे, अहिले त जान डर लाग्छ।’ घटनापछि उनको कक्षाकोठामा पनि व्यवहार परिवर्तत भएको छ। न त घरमा आएर नै पढ्नतर्फ मन जान्छ। भन्छिन्, ‘पढ्दा बहिनीको सम्झना आउ“छ। संगै स्कुल गएको, घर फर्किएको याद आउँछ। मन लगाएर पढ्न सकिरहेको छैन।’ 

निर्मला र मनिषाकी आमाले काठमाडौं आएपछि नेपाल लाइभसँग कुराकानी गर्दै छोरीले न्याय पाएको हेर्ने इच्छा रहेको बताएकी थिइन्। आमाको यसै भनाइमा आफ्नो पनि सहमति राख्दै मनिषा भन्छिन्, ‘बहिनीको त्यति विभत्स ढंगले हत्या गर्ने को होला? बस्, त्यसलाई कारबाही भएको हेर्ने मन छ।’

उमेरले निर्मलाभन्दा मनिषा मात्र २ वर्षले जेठी छिन्। घरमा भान्साको कामदेखि हरेक क्रियाकलापमा हातेमालो गर्ने दिदीबहिनी एकआपसमा अत्यन्तै मिल्थे। तर, निर्मलाको हत्यापछि अहिले मनिषा एक्लो भएकी छिन्। भन्छिन्, ‘बहिनीको साथ र माया त गुम्यो–गुम्यो, त्यसमाथि सरकारको व्यवहारले हामीलाई झनै एक्लाे बनाइदिएको छ।’

Xtrem

Xtrem

निर्मलाकी दिदीले बहिनीलाई सम्झिँदै गाएकाे देउडा गीतकाे पुरा भिडियाे:

(भिडियाे : दिनेश खबर)

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्