• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बाइक खरिदमा अफरै–अफर

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  २२:३०
1140x725

काठमाडौं– सवारी साधनहरुको कुम्भ मेला ‘नाडा अटो शो’ मा विभिन्न ब्रान्डका बाइकहरुले अफर नै अफर ल्याएका छन्।

ठूला चाडपर्वको पूर्वसन्ध्यामा भएको अटो शोमा सवारी कम्पनीहरुले पूर्वलक्षित अफर तथा स्किमसमेत सार्वजनिक गरेको बताएका छन्। शोमा सबैभन्दा महङ्गो ४५ लाख ८५ हजार मूल्यसम्मका बाइकहरु बुकिङको लागि राखिएको छ भने कम्पनीहरुले सस्ता बाइकहरुमा पनि विभिन्न खालका छुटका योजनाहरु अगाडि सारेका छन्।

कुन ब्रान्डको बाइक खरिदमा कति छुट?

एफटेक मोटर्सको १ लाख ६९ हजारदेखि ६ लाखसम्मका बाइक

नाडा अटो शोमा एफटेक मोटर्सले ९ वटा मोडलका दुई पांग्रे सवारीसाधन राखेको छ। जसमध्ये ८ मोडलका मोटरबाइक र एउटा स्कुटर रहेको छ। यद्यपि ८ मोडलका बाइकमध्ये २ वटाको मात्रै बुकिङ लिइएको छ। बाँकी दुई मोडलको बिक्रीका लागि नेपाल आउन बाँकी नै रहेको कम्पनीले जनाएको छ। इटालियन कम्पनीसँगको सहकार्यमा भारतमा उत्पादन गरिएका यी बाइक १ सय १० देखि ३ सय १० सीसीसम्ममा उपलब्ध छन्।

कम्पनीको बिक्रीमा रहेका बाइकमध्ये सबैभन्दा सस्तो रोयल प्लस (११० सिसी)को मूल्य सबैभन्दा कम १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ भने सबैभन्दा महँगो जोनटेसको मूल्य  ५ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ। नाडा अटो शोलाई लक्षित गरेर कम्पनीले ५ हजार देखि १० हजार रुपैयाँसम्म स्क्रयाच कुपन राखेको जनाएको छ। कम्पनीले शोमा राखेको एक मात्र मोडलको स्कुटरको मूल्य भने १ लाख २० हजार रुपैयाँ तोकेको छ।

केटिएम बाइकका ५ मोडल उपलब्ध
केटिएम ब्रान्डले नाडा अटो शोमा ५ मोडल राखेको छ। जसमा सबैभन्दा सस्तो २ सय सिसीको ड्युक बाइक रहेको छ। जसको सबैभन्दा सस्तो मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ छ। कम्पनीले आरसी ३ सय ९० सिसी बाइको मूल्य ८ लाख १९ हजार ९ रुपैयाँ तोकेको छ। केटिएम ड्युक बाइकको माइलेन्ज न्युनतम २५ देखि अधिकतम ३५ किलोमिटर रहेको कम्पनीले जनाएको छ।

हार्ली डेभिल्सन बाइकको मूल्य ४५ लाख ८५ हजार

Ncell 2
Ncell 2
nimb
nimb

हार्ली डेभिल्सन बाइकको आइरन ८८३ मोडल मेलाभरिकै सबैभन्दा महँगो बाइक हो। जसको मूल्य ४५ लाख ८५ हजार रुपैयाँ रहेको छ। शोमा यसको बुकिङ मात्र खुलाइएको कम्पनीले जनाएको छ। हालसम्म ७ जनाले उक्त बाइक बुकिङ गरेका छन्। सो ब्रान्डको बाइक आइएमई अटो मोट्रिस्ले अक्टोबर फस्टदेखि बिक्री गर्ने जनाइएको छ। शोमा उक्त बाइक बुकिङ गर्नेलाई ८५ हजार रुपैयाँ छुट दिने जनाइएको छ।

टिभिएसको नयाँ मोडलको बाइक र स्कुटर सार्वजनिक

नाडा अटो शोमा जगदम्बा अटो ग्रुपले टिभिएसको नयाँ मोडलको बाइक र स्कुटर सर्वजनिक गरेको छ। कम्पनीले सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर–३१० र स्मार्ट कनेक्टेड स्कुटर एनटर्क–१२५ नेपाली बजारमा सार्वजनिक गरेको हो।

अपाचे आरआर–३१० को मूल्य ७ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ। त्यस्तै स्कुटर एनटर्क–१२५ को मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ। शोमा टिभिएसको सबैभन्दा सस्तो मोडल स्टार स्पोर्ट ११० सिसीको मूल्य १ लाख ५६ हजार ९ सय रुपैयाँ अंकित गरिएको छ।

Xtrem

Xtrem

टेक्केन बाइक खरिदमा ४५ हजार रुपैयाँसम्म छुट

टेक्केनले ३ मोडलका बाइकहरु अटो शोमा राखेको छ। जसमा २ लाख ४० हजारदेखि ३ लाख ८५ हजार रुपैयाँसम्मका बाइक रहेका छन्। नाडा अटो शोमा बाइक बुकिङ गर्ने ग्राहकले ५ हजारदेखि ४५ हजार रुपैयाँसम्म लक्की ड्रबाट छुट पाउने कम्पनीले जनाएको छ। छुट पाएको रकममा पनि कम्पनीले ५ हजार रुपैयाँ थप छुट दिने बताइएको छ। हालसम्म शोमा ९ जना ग्राहकले बाइक बुकिङ गरेका छन्।

बेनेल्लीको बाइक खरिदमा ५० हजारसम्म छुट

नाडा अटो शोमा बेनेल्लीले ५ वटा मोडलका बाइकहरु राखेको छ। जसमा २ लाख ७५ हजार रुपैयाँ पर्ने टिएनटी–१३५ देखि १७ लाख रुपैयाँ पर्ने टिआरकेसम्म रहेको कम्पनीले जनाएको छ। नाडाको लागि लक्षित गर्दै बेनेल्लीले ५ लाखदेखि ५० हजार रुपैयाँसम्म छुट ल्याएको जनाएको छ।

शोमा बजाजका ६ वटा मोडल

बजाजले ६ वटा मोडलको बाइक अटो शोमा राखेको छ। जसमा सबैभन्दा सस्तो पल्सर–१५० आर(टिडी) २ लाख ५७ हजार ९ सय रुपैयाँदेखि डामिनार–२०० एनएस ३ लाख १८ हजार ९ सय रुपैयाँसम्मका बाइकहरु रहेका छन्।

यामाहाको बाइक खरिदमा १ लाखसम्म छुट

अटो शोमा यामाहाले ५ मोडलका बाइकहरु बिक्रीमा राखेको छ। जसमा १ लाख ८४ हजार रुपैयाँको आरएबाई जेड–११३ देखि ९ लाख २४ हजार रुपैयाँसम्मका बाइकहरु रहेका छन्। जसमा शोलाई लक्षित गर्दै ७ हजार देखि १ लाख रुपैयाँसम्मको स्क्रयाच कुपन राखिएको छ।

सुजुकिका ५ वटा मोडल

सुजुकीले नाडा अटो शोमा ५ वटा मोडलका बाइक तथा स्कुटर राखेको छ। जसमा ३ मोडलका बाइक र २ मोडलका स्कुटर रहेका छन्। जसमा २ लाख ९४ हजार ९ सय रुपैयाँ पर्ने जीएक्सेर डिब्ल टोन देखि ३ लाख २९ हजार ९ सय रुपैयाँ पर्ने बाइक रहेका छन्।

त्यस्तै, १ लाख ८३ हजार ९ सय र २ लाख ५ हजार ९ सय रुपैयाँ पर्ने स्कुटर रहेका छन्। मेलामा स्कुटर खरिद वा बुकिङ गर्नेलाई ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर राखेको कम्पनीले जनाएको छ।

होन्डाका ९ मोडल उपलब्ध
नाडा अटो शोमा होन्डाले ९ वटा मोडल राखेको जनाएको छ। जसमा ५ वटा मोडल प्रदर्शन र ४ मोडल बिक्रिका लागि राखेको जनाएको छ। जसमा २ लाख रुपैयाँ पर्ने स्कुटर देखि ६ लाख रुपैयाँ पर्ने बाइकसम्म रहेको कम्पनीले जनाएको छ।

एसडब्लुएमको बाइक खरिदमा ५० हजार बराबरको सामान

इललियन ब्रान्ड एसडब्लुएमले ३ वटा मोडल सोमा राखेको छ। जसमा १४ लाख ५० हजार रुपैयाँ पर्ने ४०० सिसीको सिल्भर भेस मोडलदेखि ६ सय सिसीको २३ लाख रुपैयाँ पर्ने सुपर डियुल मोडलको बाइक रहेको छ। बाइक खरिदमा ५० हजार रुपैयाँ बराबरको हेल्मेट, रेनकोट लगायतको समान दिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्