• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

इन्काउन्टरको डरले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गुण्डा फेरि खुल्लमखुला!

64x64
नेपाल लाइभ बुधबार, माघ १०, २०८०  १२:१७
1140x725

काठमाडौं– ठमेल क्षेत्रका टोले गुण्डा भनेर चिनिएका सानुभाइ भनिने युवराज गुरुङको गुण्डागर्दी पछिल्लो समय फेरि देखिन थालेको छ। 

शनिबार मात्रै सानुभाइ समूहले ठमेल क्षेत्रमा एक व्यक्तिमाथि कुटपिट गरेको सीसीटीभी फुटेज बाहिरिएको छ। ठमेलको छाया सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा सानुभाइ समूहले व्यक्तिमाथि आक्रमण गरेको थियो। 

सानुभाइ उनकै समूहका शेरलाल पौडेल र कमल तामाङको समूहले एक युवालाई कुटपिट गरेको थियो। हेल्मेटले समेत ती व्यक्तिमाथि सानुभाइ समूहले हिर्काएको थियो। सानुभाइ समूहले आक्रमण गरेको भन्दै ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी समेत परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

सानुभाइ समूहकै एक जना विश्व लामा भनेर चिनिने व्यक्ति भने पक्राउ परेका छन्। बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि ठमेलकै क्लब ओम्नियाका सञ्चालकलाई असार १५ गते सानुभाइ सहितको समूहले आक्रमण गरेको थियो। 

उनीहरु साउन १० गते १० हजार धरौटीमा छुटेका थिए। त्यतिबेलाको कुटपिट घटनामा पक्राउ परेका उनीहरुलाई प्रहरीले हत्कडी सहित ठमेल क्षेत्र समेत घुमाएको थियो। तर प्रहरीबाट पक्राउ परेर छुटेको ६ महिना पनि नपुग्दै यो समूह फेरि गुण्डागर्दीमा लाग्दै व्यक्ति आक्रमणमा उत्रिएको छ।

Ncell 2
Ncell 2

कुनै समय सानुभाइ भनेर चिनिने गुण्डा प्रहरी इन्काउन्टरको डरले बुलेट प्रुफ ज्याकेट लगाएर छद्म भेषमा हिँड्थे। तर अहिले उनको समूहले सीसी क्यामेराकै अगाडि व्यवसायीलाई धम्क्याउँदै मुक्का प्रहार गरेका फुटेजहरु बाहिरिएका छन्। 

सानुभाइ इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटे समूहका व्यक्ति हन्। उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे। गुरु घैंटेको इन्काउन्टर भएपछि असुरक्षित मान्दै सानुभाइ बुलेट प्रुफ  ज्याकेट लगाएर हिँड्थे। बुलेट प्रुफ ज्याकेट लगाएर हिँड्दै गरेको बेला २०७२ सालमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यतिबेला उनको साथबाट पेस्तोल र गोली समेत बरामद भएको थियो। तर कुनै समय प्रहरीको डरले बुलेट प्रुफ ज्याकेट लगाएर हिँड्ने उनै सानुभाइ अहिले खुल्लमखुला गुण्डागर्दी गर्दै हिँड्न थालेका छन्।

सानुभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए। नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष आक्रमण गरेका थिए। तर राजनीतिक दबाबका बीच सानुभाइमाथि त्यतिबेला कुनै कारबाही भएन। उनी नेपाली कांग्रेस निकट मानिन्छन्।

उनको समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुने गरी आक्रमण गरेको थियो भने २०७९ को माघमा गोर्खास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका उनले एक महिलामाथि बलात्कारको प्रयास समेत गरेका थिए। उनलाई त्यहाँका स्थानीयहरुले समाते पनि उनी पेपर स्प्रे छर्किएर भाग्न सफल भएका थिए।

पछिल्लो केही समययता उपत्यकाका विशेष गरी ठमेल, दरबारमार्ग, गोंगबु लगायत क्षेत्रमा गुण्डागर्दी हुने गरेको देखिएको छ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्