• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस ८, २०८२ Tue, Dec 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जन्डिसबारे ९ प्रश्न र उत्तर

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  १४:३७
1140x725

जन्डिस भनेको के हो? के जन्डिस आफैंमा कुनै रोग हो?

जन्डिस भनेको शरीरमा पहेलो तत्व (बिलिरुबिन)  बढेको अवस्था हो।

भ्रम: यो आफैंमा एउटा रोग हो। एकदमै मुख बार्नुपर्ने रोग। मुख राम्ररी बार्न नसके बल्झिरहन्छ।

यथार्थ: यो आफैंमा कुनै रोग होइन। यो त मात्र कलेजोको रोगको लक्षण हो। जसरी ज्वरो आफैंमा रोग होइन, हो त्यस्तै कलेजो सुन्निएको वा कलेजोमा रोग लागेको छ है भन्ने संकेत हो। यस्तै, पित्तथैलीमा पत्थरी हुँदा पनि जन्डिस देखिन सक्छ।

जन्डिस हुनुका मुख्य कारण के हुन्?

१. हेपाटाइटिस ए, ई र थाइराइट। कारण फोहोर पानी।

२. पित्तथैलीमा पत्थरी।

३. रक्सी सेवन र कलेजो रोग।

Ncell 2
Ncell 2

उचित उपचार गरे जन्डिस निको हुन्छ। मुख बार्न मात्र लागाएर उल्टो बेफाइदा हुन सक्छ।

जन्डिसमा के-के लक्षण हुन्छन्?

– खान मन नलाग्ने,

– बान्ता हुने,

– मुख मीठो नहुने

– आलस्य,

– कमजोरी,

– पहेँलो पिसाब आउने,

– आँखाबाट पहेँलोपना सुरू भएर शरीरका अन्य भागमा देखा पर्ने,

– करङमुनिको दाहिने भाग (कोखा) दुख्ने। आदि।

जन्डिसमा के-के जाँच गर्ने?

१. रगतबाट सिबिसी र एलएफटी,

२. पिसाब बाट युरिन आरई र एमई,

३. युएसजी (पेटको भिडियो एक्स रे),

४. चिकित्सकको सल्लाह अनुसार अन्य जाँच।

माथि उल्लेखित जन्डिसका कुनै पनि लक्षण नभएको तर धेरै मानिसले बुझ्ने गरेका कुरा यस्ता छन्।

१. रगत जाँच्दा जन्डिस देखियो।

२. जति मुख बार्दा नि, रगतमा बिलिरुबिनको मात्र नर्मल नै आएन।

३. मलाई लामो समयदेखि जन्डिस छ। मुख सार्है नै बार्छु तर रगतमा बिलिरुबिन कम हुन्न। आदि।

समाधान के त?

जन्डिसका लक्षण छन् र रगतमा पनि बिलिरुबिन उच्च छ कि छैन; यो बुझ्नु जरुरी छ। जन्डिसका लक्षण नहुँदा पनि बिलिरुबिन केही उच्च रहिरहन सक्छ। एलएफटी जाँचमा रगतको बिलिरुबिनसँगै एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) भन्ने जाँच पनि हुन्छ। यो सामान्य छ भने आतिनुपर्दैन।

कति अवस्थामा जन्डिसका लक्षणहरु केही पनि हुँदैनन् तर, जति पटक रगत जाँच्दा पनि बिलिरुबिन २-३ र एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) सामान्य हुन्छ। यस्तो अवस्था धेरै भेटिन्छ। यो जन्डिस वा कलेजोको रोग होइन। जन्मजात नै कसैकसैको बिलिरुबिन अरुको भन्दा हलुका माथि हुन्छ। यिनीहरुमा जन्डिसको लक्षण केहि पनि हुँदैन तर रगत जाँच्दा बिलिरुबिन  २-३ र एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) सामान्य हुन्छ।

कम पानी पिउँदा, अनिद्रामा, बढी मासु खाँदा, शारीरिक काम बढी गर्दा बिलिरुबिन अरु बेलाको तुलनामा बढ्न सक्छ। तर एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) सधैं सामान्य हुन्छ। यसलाई गिल्बर्ट सिन्ड्रोम भनिन्छ। अरु बेला जस्तो जन्डिस भन्दै उपचार गराउँदै हिँड्नुपर्दैन। यस्तो अवस्था आएमा पानी बढी खाने बानी बसाल्नु राम्रो हो।

लामो समयसम्म जन्डिस देखिने मुख्य कारणहरू के-के हुन् त?

१. रक्सी सेवन र कलेजो रोग,

२. हेपाटाइटिस बी, सी (रगतबाट, असुरक्षित यौन सम्पर्कबाट, सुईबाट लागू औषध प्रयोग गर्नेहरुबाट, र आमाबाट सन्तानमा सर्ने),

३. सिरोसिस (कलेजो बिग्रिएपछि)।

उपचार कसरी गर्ने?

जन्डिसको उपचार गर्ने होइन। यो त ज्वरो आउँदा सिटामोल खाएको जस्तो भयो। जन्डिस गराउने कलेजो रोगको उपचार गर्नुपर्छ। पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र उपचार गराए निको नि हुन्छ। बल्झिरहन्छ भन्ने समस्या पनि रहँदैन। शुद्ध पानी बढी सेवन गर्नुपर्छ।

जन्डिसबारे कस्ता-कस्ता भ्रमहरु छन्?

१. लिभर टनिकबाट जन्डिसको सफल उपचार हुन्छ।

२. लिभर टनिक खाएपछि रक्सी पनि पिउन हुन्छ।

३. लिभर टनिक खाएपछि कलेजो बिग्रिँदैन।

के बार्ने के नाबार्ने?

भ्रमहरू

१. बेसार खाएमा जन्डिस बढ्छ, नुन खानु हुँदैन।

२. जे पनि उमालेको मात्र खानुपर्छ।

३. तरकारी पकाउँदा पनि तेल प्रयोग गर्नु हुँदैन।

वास्तविकता

१. पानी बढी पिउने। तर पानी उमालेको या फिल्टर गरेको हुनुपर्छ।

२. मुख नमीठो हुने हुँदा ग्लुकोज पानी, फलफूलको जुस खाने भनिएको हो। फलफूलको जुस पानीको विकल्प हुनुका साथै स्वादिलो र तागतिलो हुन्छ। कलेजोलाई असर पनि गर्दैन। सकीनसकी मेवा, उखु खोज्दै हिँड्नुपर्दैन। उखु पेल्ने हात र पानी फोहोर छ भने फाइदा होइन उल्टो बेफाइदा हुन्छ।

३. नियमित बिहान-बेलुका दालभात खान मिल्छ। तरकारी पकाउन थोरै मात्रामा तेल प्रयोग गर्न हुन्छ। तर, तेलमा फ्राइ गरेको र तारेको खानु हुँदैन। यस्तै, जंकफुड, मःमः, चाउमिन जस्ता फास्टफुड खानु हुँदैन।

४. कोक, पेप्सी जस्ता पेयपदार्थ खानु हानिकारक हुन्छ।

५. खाजा नियमितझैं खान मिल्छ।

६. कति पटक त यो नखाने, त्यो नखाने भनेर बिरामीले पौष्टिक तत्व नै पाउँदैनन्। जन्डिसले भन्दा पनि खाना नपाएर बिरामी कमजोर हुँदै जान्छ। जसका कारण धेरै बिरामी ग्यास्ट्राइटिस र अल्सर भएर उपचार गर्न आइपुग्छन्।

तसर्थ, जन्डिस भयो भनेर चाहिँदो नचाहिँदो मुख बार्ने र डाक्टरकहाँ नभई झारफुक र अन्य उपचारको पछि लाग्ने बिरामीले कालान्तरमा धेरै दुःख पाउन सक्छन्।

(डा भट्टराई पेट तथा कलेजो रोग उपचार केन्द्र पोखराका पेट तथा कलेजो रोग विशेषज्ञ हुन्)

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चिसो अत्यधिक बढेपछि रौतहटमा चार दिन विद्यालय बिदा
यस्तो रहनेछ देशभरको मौसम
राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
चिसो अत्यधिक बढेपछि रौतहटमा चार दिन विद्यालय बिदा मंगलबार, पुस ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस ८, २०८२
राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने सोमबार, पुस ७, २०८२
राजनीतिक दललाई सच्चिएर अघि बढ्न प्रधानमन्त्रीको सुझाव, चुनाव हुनेमा दलहरुको आशंका कायमै सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता तय सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने सोमबार, पुस ७, २०८२
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता सोमबार, पुस ७, २०८२
ओलीलाई व्यंग्य गर्दै लामिछानेले भने: गुन तिर्न अदालत धाउँदैछु सोमबार, पुस ७, २०८२
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्