काठमाडौं– फेसन डिजाइनर र मोडलहरूका वृहत् प्रतियोगितात्मक शो ‘द नेशनल डिजाइनर रनवे २०२४’ को चौथो संस्करणका लागि शनिबार काठमाडौंमा प्रथम चरणको अडिसन गरिएको छ।
मोडल सङ्स नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको टेस्ट टाउन फूड कोर्टमा अडिसन गरिएको हो।
अडिसनमा सञ्चारकर्मी सरोज ओझा, पूर्व मोडल एवम् महिला उद्यमी रुवी महतो, डिजाइनर रन वे दोस्रो संस्करणका विजेता विप्लवराज नागर नहर र उपविजेता सरला डङ्गोल निर्णायक थिए। सहभागी डिजाइनरहरूले डिजाइन शो र मोडलहरूले र्याम्प वाकसहित अडिसन दिएका थिए।
अडिसनमा २५ जना डिजाइनर र ६० जना मोडल सहभागी थिए। ‘अडिसनमा व्युटी प्याजेन्ट विजेता मोडल र दिग्गज फेसन डिजाइनहरु सहभागी हुनुहुन्थ्यो’, उनले भने।
मोडल सङ्स नेपालकी प्रबन्ध निर्देशक स्वस्ती दंगालले चौथो संस्करणको द नेशनल डिजाइनर रनवेको फिनाले आगामी फेब्रुअरी २८ मा सुकुटे बिचमा गरिने बताइन्।
उनले प्रतियोगितामा फेशन डिजाइनरहरूले तयार पारेको पहिरनमा मोडलहरू र्याम्पमा उत्रिएर प्रस्तुत हुने जानकारी दिइन्। ‘डिजाइन र र्याम्प वाकका आधारमा विजेता घोषणा गरिनेछ’, उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।