• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कञ्चनपुर घटनाबारे गृहमन्त्रीलाई सांसदको प्रश्न– प्रधानमन्त्रीले छानबिन प्रभावित गर्नेगरी किन बोल्नुभयो?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  ०८:०७
1140x725

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले कञ्चनपुर घटनाप्रति गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। सरकार जनताको सुरक्षा दिने कार्यमा असफल भएको र राज्य नै अपराधी जोगाउन लागेको भन्दै उनीहरुले आपत्ति जनाए। जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको पनि संसदमा आलोचना भएको छ। 

यस्तो छ सांसदहरुको प्रश्न 

गगन थापा 
अनिता बम र रोशनी बमलाई साथमा लिइएको थियो। जनतासँग प्रधानमन्त्रीसँग प्रधानमन्त्रीले तोडमोड गरी छानबिनलाई प्रभावित हुनेगरी बोल्नुभयो। यसमा तपाईंले प्रधानमन्त्रीलाई 'किन यस्तो गर्नुभयो' भनि प्रश्न गर्ने हिम्मत गर्नुभयो? 

अमरेशकुमार सिंह 
निर्मला पन्तको हत्यामा छानबिन समितिका एक सदस्यले धम्की दिएको भनी नाम लिएका शक्तिशाली व्यक्ति को हुन्? यहाँ सार्वजनिक हुनुपर्यो? 

भरतकुमार साह 
छानबिनमा संलग्न प्रहरीकै डिएनए परीक्षण हुँदै छ। यस्तो अनुसन्धान प्रक्रियाले कसरी पीडितले न्याय पाउँछन्? 

सञ्जय गौतम 
गृहमन्त्रीको जवाफ गोलमोटोल रुपमा आयो। बलत्कारपछि जघन्य हत्या भएको घटनामा किन यत्रो दिनसम्म अपराधी पक्राउ गरिएन?
 
रंगमती शाही 
गृहमन्त्रीले लामो प्रतिवेदन प्रस्तुत गर्नुभयो तर आजसम्म किन अपराधी पक्राउ परेनन्। अब कति समय लाग्छ? 

विन्दा पाण्डे 
जनप्रतिनिधि नै हिंसाका घटना मिलेमतो गराउने कुरामा संलग्न भएको कुरा सार्वजनिक भएको छ। त्यसमा के कारबाही हुन्छ? 

राजेन्द्र लिङ्देन 
अपराधी को हो भन्ने प्रस्ट हुँदाहुँदै किन अलमल भइरहेको छ। जोजो अपराधीलाई बचाउन लागे उनीहरुबाट अनुसन्धान सुरु होस्। 

nimb
nimb
Ncell 2
Ncell 2

पार्वती डिसी चौधरी 
गृहमन्त्रीले जसरी गोलमोटल जवाफ दिनुभएको छ। २५ दिनपछि डिएनए टेस्ट हुँदै छ। यो पनि नाटक हो। विश्वास गर्ने आधार छैन। मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई यही हत्यारा हो भनिएको थियो। कोही नियोजित त हैन भन्ने लाग्दै छ।

बालकृष्ण खाँड 
दोषीहरुलाई बचाउने कार्यमा सरकार नै लागेको हो कि भन्ने डर देखिएको छ। छानबिनका सदस्यलाई नै असुरक्षा हुने धम्की दिनेलाई किन अनुसन्धानमा ल्याइँदैन? 

सुजाता परियार 
गृहमन्त्रीको जवाफ त आयो तर पत्याउन सकिने आधार छैन। वास्तविक अपराधी पत्ता लागेको छ तर सरकारले लापरबाही गर्दै पक्राउ नगर्न खोजेको देखिन्छ। 

दिलेन्द्रप्रसाद बडू 
गृहमन्त्रीले जवाफ दिनुभयो तर कञ्चनपुरकी पन्तको हत्यामा संलग्न व्यक्ति सहज रुपमै पक्राउ पर्लान् जस्तो देखिँदैन। समितिका एक सदस्यको भनाइबाट यसको अनुसन्धान सुरु गर्नुपर्दछ। 

सीतादेवी यादव 
गृहमन्त्रीले दिनुभएको जवाफ सन्तोषजनक छैन। त्यसलाई लुकाउन षड्यन्त्र भइरहेको  छ। सत्यतथ्य बाहिर ल्याउन माग गर्दछु। महोत्तरीमा ८ वर्षीया बालिकाको बलात्कारीलाई पक्राउ किन गरिएन? 

राजकिशोर प्रसाद साह 
राज्य, गृह प्रशासन त्यसलाई छानबिन गर्नको सटा कसरी बचाउन सकिन्छ भन्ने लागेको छ। जनताले कोसँग न्यायको अपेक्षा गर्ने? 

चन्दा चौधरी 
गृहमन्त्रीको जुन जवाफ आएको छ। पन्तको आज ५१ दिनसम्म पनि दोषी पत्ता लगाउन नसक्नु के दुर्भाग्य हो? 

लक्ष्मणलाल कर्ण 
बर्दिया पुलिसमा जुन गिरफ्तारी गरिएको छ। हिरासतमा के भएको रहेछ, रोग लागेको हो भने के गेको हो किन भनिँदैन। पुलिस हिरासतमा विष वा रक्सी के खुवाउँछ। आजसम्म यसको छानबिन भएन? 

मीनबहादुर विश्वकर्मा 
रात रहे अग्राख पलायो भनेझैं सुरुका दिनदेखि नै राज्य, पुलिस प्रशासन र राजनीतिक तहका मानिस संलग्न भएर प्रमाण नष्ट गर्ने कार्य भयो। कि प्रहरी मुछिएको कि राजनीतिक व्यक्ति मुछिएका हुन्, त्यसको जानकारी सदनमा गराउनुपर्यो? 

प्रेम सुवाल 
राति ९ बजे प्रहरीमा पुग्दा भोलि आउनु भन्ने प्रहरीलाई कारबाही भएको कि भएन? बम दिदी बहिनीमाथि छानबिन भयो कि भएन?
 
महेन्द्रा लिम्बु 
निर्मला पन्तको प्रकरणमा गृह मन्त्रालयले नाटक गरिरहेको छ। यसमा मिलेमतो भएको भनी प्रस्ट भन्नुपर्यो हैन भने जनता सदनदेखि सडकसम्म आउन नपरोस्! ३३ किलो सुन झैं यो प्रकरण नहराओस्। 

प्रमिला राई 
निर्मला पन्तको बारेमा सदन अवरुद्ध गरेपछि मात्र जवाफ आयो तर चित्तबुझ्दो आएन। प्रत्येक दिन यस्ता घटना भइरहेका छन्। सरकार किन जिम्मा लिँदैन?
 
उमाकान्त चौधरी 
न्याय ढिला पाउनु नपाउने सरह हो। छानalन समितिमा रहेकालाई धम्की दिने को हो? उसको नाम सार्वजनिक हुन पर्दछ। 

दुर्गा पौडेल 
रोशनी बम दिदी बहिनीबाटै छानबिन हुनुपर्दछ। दिलिप विष्टलाई परिवारका सदस्य देख्दा तर्कने गरी सजाय दिइयो तर उसलाई क्षतिपूर्ति दिनु पर्दैन? यत्रो आवाज उठ्दा समेत यत्रो दिनसम्म किन न्याय दिइँदैन?
 
गृहमन्त्रीको जवाफ 

प्रधानमन्त्रीलाई सोध्नुभएको छ कि भएन भनेर समेत सोधियो। प्रधानमन्त्रीले नै निर्देशन दिनुभएको छ। यसलाई छिटोभन्दा छिटो टुंग्याउनु भन्नुभएको छ। 

राज्यभन्दा कोही पनि शक्तिशाली छैन। छानबिन समितिका एक सदस्य वीरेन्द्रबहादुर केसीले एउटा सामान्य घटनालाई यसो भन्नुभएको छ। छानबिनका क्रममा एउटा व्यक्तिले दिएको अभिव्यक्तिले केसी डराउनुभएको हो। छानबिनको परिणाम कहिले आउला भनी सोधेको प्रश्नमा समय तोक्न मिल्दैन। यसको परिणाम छिटोभन्दा छिटो आओस् भनी उच्चस्तरीय छानबिन समिति गठन गरेका छौं। तत्कालै पनि सिआइबीको छानबीन टोली बनाइएको थियो। आशा गरौं, छिटोभन्दा छिटो यसको टुंगो लाग्छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद
प्रधानमन्त्री शाहले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ मंगलबार, जेठ १२, २०८३
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री शाहले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने मंगलबार, जेठ १२, २०८३
जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु मंगलबार, जेठ १२, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्