काठमाडौं– सोमबार काठमाडौंको टुँडिखेलमा माघे संक्रान्तिको अवसरमा आयोजित कार्यक्रममा भागदौड मच्चिँदा घाइते भएका १६ जनामध्ये १० जना डिस्चार्ज भएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछि १० जना डिस्चार्ज भएको प्रहरी वृत्त जनसेवाले बताएको छ। यस्तै घाइतेमध्ये ६ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
उपचाररतमा धादिङको गंगा जमुना गाउँपालिका–५ की १९ कि रेजिना घले, कैलालीको घोडाघोडी गाउँपालिकाकी १९ वर्षीया रिजा रेग्मी मगर, संखुवासभाको म्याग्दी नगरपालिकाकी २२ वर्षीया निर्मला श्रेष्ठ, ललितपुर महानगरपालिका–२२ की २७ वर्षीया रश्मी नेपाल, दोलखाको आरुघाट–८ की ११ वर्षीया युनिका बराल र उदयपुरको रौतामाई गाउँपालिका–८ की १४ वर्षीया करिश्मा मगर रहेका छन्।
यी हुन् डिस्चार्ज हुनेहरु
1. जिल्ला खोटाङ हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर (टाउकोमा चोट बोल्न सक्ने)
2. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने)
3. जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर (अनुहारमा चोट बोल्न सक्ने) ।
4. जिल्ला बर्दिया राधापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाण्डौ जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने) ।
5. जिल्ला प्युठान खलङगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाण्डौ जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी. (दाहिने हातमा चोट बोल्न सक्ने) ।
6. जिल्ला कैलाली भजनिया नगपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने) ।
7. जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत (बाया खुट्टा र कानमा चोट बोल्न सक्ने) ।
8. जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० की मिना थापा (वेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने) ।
9. जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर (बाया खुट्टामा चोट बोल्न सक्ने) ।
10. जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. १४ घर भई हाल का.जि. लैनचौर बस्ने बर्ष २५ की निशा राना थापा दुबै खुट्टामा सामन्य चोट बोल्न सक्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।