प्रतिकात्मक तस्बिर
काठमाडौं– ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको सकुशल उद्धार भएको छ। दोलखा घर भइ इमाडोल बस्दै आएकी २८ वर्षीया न्युटन प्रधान सोमबार बिहान इनारभित्र खसेकी थिइन्।
आफूले डेरा गरी बस्दै आएको घरमा प्रधान खसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित उद्धारकर्मीले उनलाई सकुशल उद्धार गरेका हुन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नवराज कार्कीका अनुसार प्रधानलाई सकुशल उद्धार गरी स्वास्थ्य जाँचका लागि पाटन अस्पताल पठाइएको छ।
सोमबार बिहान लुगा सुकाउनका लागि इनारमाथि चढ्दा इनारको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।