प्रतिकात्मक तस्बिर
काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ कृष्णभिर नजिक सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
कृष्णभिर नजिकको मझिमटारमा सोमबार बिहान ३ बजेतिर सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिकङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार बिहान पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ। पहिरो पन्छाउने काम जारी रहेका कारण राजमार्ग पूर्ण रुपमा सञ्चालन हुन भने समय लाग्ने बताइएको छ।
पृथ्वी राजमार्ग विस्तारका लागि ठाउँ–ठाउँमा भित्तो काट्ने काम चलिरहेका कारण सुख्दा पहिरो खस्न थालेको हो। काठमाडौं उतप्यकालाई बाँकी जिल्लासँग जोड्ने प्रमुख राजमार्ग विभिन्न समयमा पहिरो लगायतका कारण अवरुद्ध हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।