काठमाडौं– प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार–२०८० बाट वरिष्ठ साहित्यिक पत्रकार द्वय रुक्मिणी श्रेष्ठ र रोचक घिमिरे सम्मानित भएका छ्न्।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार–२०८० बाट उनीहरुलाई सम्मानित गरेको हो। श्रेष्ठले २००८ सालदेखि थौंकन्य मासिक पत्रिका सञ्चालन गर्दै आएका छन्।
साथै घिमिरेले २०१८ सालबाट रचना द्वेमासिक पत्रिका सञ्चालन गर्दै आएका छन्। दुवै पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो।
नेपाल प्रज्ञा–प्रतिष्ठानले यसै वर्ष पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।