Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

हृदय छामेर जीवन फर्काउने डा मधु

हृदयाघात भएका ९१ वर्षीय वृद्धदेखि २७ वर्षीय युवकसम्मले पाए नयाँ जीवन
64x64
समर्पण श्री शनिबार, पुस २१, २०८०  १२:०९
1140x725

केही समयअघि गण्डकी मेडिकल कलेजमा ८४ वर्षीया वृद्धा फलोअपका लागि लौरी टेक्दै आइन्। उनले मुटु रोग विशेषज्ञ डा मधु रोकालाई खोजिन्। मधुसँग भेट हुनासाथ मुसुक्क हाँस्दै भनिन्, ‘डा साब, तपाईं त मेरो भगवान हो।’ 

गत २८ भदौमा उनै वृद्धालाई डा मधुले मृत्युको मुखबाट फर्काएका थिए। 

अचानक हृदयाघात भएपछि परिवारले वृद्धालाई गण्डकी मेडिकल कलेज ल्यायो। त्यतिबेला भर्खरै मात्र उक्त हस्पिटलमा क्याथ ल्याव सुरु भएको थियो। हस्पिटलको लागि हृदयाघातको यो पहिलो केस थियो। अस्पतालले परिवारलाई परामर्श गर्दा भनेको थियो, ‘यो यहाँको पहिलो केस हो।’

तर, बिरामीको परिवारका सदस्य डाक्टरकै पहिलो केस ठानेर अत्तालिए। ‘हेर्दा भर्खरको केटा। त्यसमाथि उनको पहिलो केस रहेछ,’ उनीहरू डाक्टरसँग विश्वस्त थिएनन्। ‘यो अस्पतालको पो पहिलो केस त, मेरो हैन नि,’ डा मधुले विश्वस्त तुल्याए, ‘आमालाई काठमाडौं लगे बाँच्ने सम्भावना न्यून छ। हामी नसा खोल्दिन्छौँ। यहाँ सम्भावना बढी छ।’

परिवारका सदस्य राजी भएपछि डा मधुको टिमले मुटुको बन्द भएको  अस्थाई पेसमेकर सहित एउटा नसा खोलिदिए। वृद्धाले नयाँ जीवन पाइन्। झिनो आशा लिएर बसेका उनका छोरा आमा फर्किएको देखेपछि अत्यन्त खुसी देखिए। वृद्धाका छोराले अहिले पनि भेट्दा भन्छन्, ‘डा साब, तपाईं नहुनु भएको भए !’

मधु प्रफुल्ल मुद्रामा भन्छन्, ‘तपाईंले जुन विश्वास देखाउनुभयो, त्यसको लागि धन्यवाद।’

यस पटक दशैं मनाएर अस्पताल आएकी वृद्धाले भेटमा भनेकी थिइन्, ‘बाबु, म तपाईंलाई कहिल्यै भुल्दिनँ। तपाईंले गर्दा दशैं मनाउन पाइयो।’ 

डा मधुले थपे, ‘तपाईंले मात्र हैन आमा, पूरा परिवारले तपाईंसँग बसेर दशैं मनाएको हो।’

Ncell 2
Ncell 2
nimb
nimb

०००

डा मधु गंगालाल राष्ट्रिय हृदय केन्द्रमा काम गरिरहेका थिए। एक दिन उनले बागलुङमा आफन्त बितेको खबर पाए। उनलाई हृदयाघात भएको थियो। तत्काल ती आफन्तलाई बागलुङ हस्पिटल लगिएछ। अस्पतालले काठमाडौं रिफर गरिदिएछ। लैजाने क्रममा बाटोमै उनको मृत्यु भएछ। त्यतिबेला मधुलाई निकै नमिठो अनुभूति भयो। ‘सबै जना काठमाडौं केन्द्रित भएर हुँदो रहेनछ। यदि त्यहाँ सुविधा भइदिएको भए उहाँले अकालमै मृत्युवरण त गर्नु पर्दैनथ्यो,’ मधुले अनुभूत गरे।

त्यसपछि उनलाई बाहिर पनि कोही निस्कनैपर्छ, कसै न कसैले सुरुवात गर्नुपर्छ भन्ने भान भइरह्यो। ‘हृदयाघात हुँदा जति छिटो नसा खोल्न सकियो त्यति नै बढी फाइदा हुने। सबैको जीवन बचाउन नसके पनि एकै जनाको मात्र जीवन बचाइयो भने ठूलो योगदान हुन्छ,’ डा मधु सुनाउँछन्। 

त्यही सोचले डोहोर्‍यार मधु काठमाडौं छाडेर पोखरा आए। पोखरास्थित गण्डकी मेडिकल कलेजमा क्याथ ल्यावलाई बलियो बनाए। ‘म यहाँ आउँदा क्याथ ल्याव थियो। बाँकी के सामान चाहिन्छ कसैलाई आइडिया थिएन। नर्सिङ स्टाफ ट्रेन गर्नुपर्छ भन्ने आइडिया पनि थिएन। सबै कुरा आएर आफैंले बनाएँ,’ उनी सुनाउँछन्। 

Xtrem

Xtrem

उनले गण्डकी मेडिकल कलेज आएयता हृदयाघात भएका ९१ वर्षीय वृद्धदेखि २७ वर्षीय युवकसम्मलाई नयाँ जीवन दिएका छन्।

९१ वर्षका वृद्ध छाती दुखेर अस्पताल आएका थिए। उनलाई अचानक हार्ट अट्याक भयो। ‘उहाँको नसा खोल्दा पनि हड्डी नै काल्सिफाइड लिजन जस्तो। एकदमै समय लाग्यो। हामीसँग भएको सबै प्रविधि प्रयोग गर्‍यौँ,’ उनी सुनाउँछन्। 

२७ वर्षको युवक बाँचेर फर्किँदा परिवारको आँखामा देखिएको खुसी उनी बिर्सन्नन्। अहिले उनलाई यो क्याथ ल्याव भित्र छिर्दा जति खुसी अन्त सायदै मिल्छ। भन्छन्, ‘भोलि म हुँला नहुँला। तर यो क्याथ ल्याव हामीले सुरु गरेको हो भन्ने कुराले सधैं आनन्दित तुल्याउँछ।’

०००

विसं २०४० सालमा बागलुङमा जन्मिए मधु। ४ वर्षको छँदा उनलाई काठमाडौं लगियो। स्कुल पढ्दै गर्दा डाक्टर बन्ने सोच कहिल्यै थिएन। बा नेपाल एअरलाइन्समा मेकानिकल इन्जिनियर थिए। मधु बासँग विमानस्थल गइराख्थे। बाले गरिरहेको काम देखेपछि उनको मनले पनि त्यही पेसा रोजेको थियो।

प्स टुपछि एरोनटिकल इन्जिनियरिङ पढ्न उनी विदेश जाने तरखरमा थिए। एक दिन आमाले छोराको भविष्यलाई लिएर आफ्नो चाहना बताइन्, ‘एक्लो छोरो। यसले डाक्टर पढिदिए हुन्थ्यो।’ मधुले सोचे, ‘सबै कुरा बा–आमाले दिएर भएको हो। आमाकै लागि भए पनि डाक्टर पढ्छु।’

मधुको गन्तव्य फेरियो। उनी एमबीबीएस पढ्नका लागि चीन गए। चीनमा भाषाको समस्याले उनलाई केही समय सतायो। ‘हाम्रो धेरै जस्तो सिकाइ बिरामीसँग हो। उनीहरू अंग्रेजी नबोल्ने। आफूलाई चनियाँ भाषा नआउने। सुरुमा निकै गाह्रो भयो,’ उनी सम्झिन्छन्। 

खाना खाने बेला पनि आफूले चाहेको कुरा माग्न भाषा बाधक थियो। जे खानुपर्‍यो, त्यसको चित्र देखाउनुपथ्र्याे।

एमबीबीएस सकियो। उनले लाइसेन्सको परीक्षा दिए। जब नाम निस्कियो, त्यतिबेला डा मधुका आँखा रसाए। ‘आमाले मेरो छोराको नामको अगाडि डाक्टर होस् भनेको शब्द कानमा गुञ्जिरहे। अब मैले अफिसियल्ली नामको अगाडि डाक्टर लेख्न पाउँदा खुसी भएँ,’ उनी सम्झिन्छन्। 

त्यो कुरा जापानमा रहेकी आमालाई फोनमा सुनाए। आमाको पनि आँखा रसायो। 

०००

मधुले आफू मुटु रोग विशेषज्ञ बन्छु भनेर सुरुमा चिताएका थिएनन्। उनी त सर्जन बन्न चाहन्थे। लाइसेन्स परीक्षा पास भएपछि उनी फुर्सदिलो भएका थिए। एक दिन एक जना दिदीले उनलाई सुनाइन्, ‘गंगालालमा फर्म खुलेको छ, भर्न आऊ।’

उनी फर्म भर्न गए। त्यहाँ सर्जरी र मेडिसिन गरी २ वटा मेडिकल अफिसरका लागि भ्याकेन्सी खुलेको थियो। अन्तर्वार्ताको क्रममा वरिष्ठ मुटु रोग विशेषज्ञले सोधे, ‘तिमीलाई केमा रुचि छ ?’

उनले भने, ‘सर्जन।’ तर मधुले मेडिसिनमा अप्लाई गरेका थिए। ‘सर्जरीमा रुचि छ भन्ने अनि मेडिसिनमा किन अप्लाई ?,’ विशेषज्ञको यो प्रश्नको जवाफ दिन मधुलाई हम्मेहम्मे पर्‍यो।

डेढ वर्ष गंगालालमा काम गर्दा उनले धेरै कुरा सिके। सिकाइले उनलाई मेडिसिनतिरै आकर्षित गरायो। एक पटक एक जना सिनियरले डा मधुलाई ‘पेसमेकर हाल्न सिक्छौ’ भनेर सोधे। उनलाई आफू सर्जन बन्ने मान्छेले किन सिक्नु जस्तो लागिरहेको थियो। तर त्यही क्षणले उनको सोच नै परिवर्तन गरिदियो।

त्यति बेला उनले मुटुको महत्वलाई झन् नजिकबाट अनुभूत गरे। ‘सबैभन्दा भाइटल अर्गान ब्रेन र मुटु त रैछ नि। मुटुलाई रोगमा ढिला गरेर गरौँला भन्ने ठाउँ नै रहेनछ। एकदमै छोटो समयमा सबै कुरा गर्नुपर्ने रैछ। त्यसपछि यही पढ्छु भनेर निर्णय गरेँ,’ उनी सुनाउँछन्।

मुटुलाई मधुले पहिलो पटक प्रत्यक्ष गंगालालमै देखे। सधैं सोच्थे, ‘मान्छेको मुटु खोल्दा कस्तो देखिन्छ होला !’  एक पटक उनले प्रत्यक्ष मुटु देखे। ‘सबै जनाले वरिपरि घेरिरहेका छन्। आफूले चियाएर हेर्दा हल्लिरहेको देखेको थिएँ,’ उनी सुनाउँछन्।

उनलाई केही कुरा निकै अनौठा लागे। त्यति बेला मनमा आएका प्रश्नहरू यस्ता थिए, ‘यति सानो, त्यसमा पनि कति धेरै सर्जरी गर्न सकेको होला ?’
‘प्वाल टाल्ने भन्छ। यत्रो मुटुको प्वाल कसरी टाले होला ?’

यस्तै उत्सुकता र कौतुहलताले पनि उनलाई नजाँनिदो ढंगले मुटु रोग विशेषज्ञ बन्न प्रेरित गरे।

०००

डा मधु मास्टर्स गर्न पुनः चीन गए। सन् २०१५ मा उनी चीनबाट पढाइ सकेर फर्किए। फर्कँदा उनी मुटु रोग विशेषज्ञ बनिसकेका थिए।

अब उनी इन्टरभेन्सनमा निपुर्ण हुन चाहन्थे। सुरुमा भारतको मेदान्त अस्पतालमा पढ्न गए। त्यहाँको सिकाइमा उनी खुसी थिएनन्। राम्रो विकल्पमा उनलाई डा अरुण मास्केले सिंगापुर जान सहयोग गरे। सिंगापुरबाट फर्किएपछि ह्याम्स अस्पतालमा १० महिना काम गरे।

गत साउन यता डा मधु गण्डकी मेडिकल कलेजमा कार्यरत छन्।

०००

मुटुलाई विम्ब बनाएर कविहरूले कविता लेखेका छन्। गायकहरूले गीत गाएका छन्। ‘मुटु यति महत्वपूर्ण छ र त सिर्जनामा पनि अटाइरहन्छ,’ मधुलाई लाग्छ। त्यस कारण मुटु छामिरहने डा मधु चाहन्छन्, ‘कसैको पनि मुटु नबिग्रिओस्।’

मानिसको जीवनशैली असन्तुलित हुँदा वा खानपानका कारण मुटुका समस्याहरू पछिल्लो समय बढ्दैछन्। जीवनशैली र खानपानमा ध्यान दिन मानिसहरूलाई उनको अनुनय छ। 

उनी आग्रह गर्छन्, ‘सबै कुरालाई होल्ड गरेर राख्ने मुटुको माया गरौँ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण एकीकृत गरी तयार पारिए... बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार  एक जना नेपाली नागरिकसँग मिलेर उनीहरुले बूढानीलकण्ठमा तस्करीको सुन भण्डारण गरेर राखेका पाइएको... बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले  साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्