चितवन- पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने सरीसृप समूहमा पर्ने गोही देख्नेवित्तिकै म तस्बिर लिन भुल्दिन। यसको खास कारण के भने, नेपालमा पाइने घडीयाल गोही संसारकै दुर्लभ मानिन्छ। त्यसो त नेपालमा मगर गोही पनि पाइन्छ। दुबै प्रकारका गोहीका आ–आफ्नै विशेषता छन्।
घडियाल गोही स्वच्छ पानीमा पाइन्छ भने यसले माछा र भ्यागुता मात्राको आहार गर्छ। नदी तलाउ र पानी जम्ने अन्य दलदल क्षेत्रमा पाइने मगर गोहीको आहारा भने ठ्याक्कै यही हुन्छ भन्ने हुँदैन। सन् २०१६ को तथ्याङक अनुसार नेपालमा जम्मा १९८ घडियाल गोही रहेका छन्।
प्राचिन डाइनोसर जीवको प्रजाती ठानिने गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई समाती सकेमा छोड्ने सम्भावना कम हुन्छ। त्यसैले यसलाई खतरनाक जनावर मानिएको छ।
मूलतः नेपालको कोशी नदी, कर्णाली नदी, नारायणी नदीमा गोहीहरू देख्न सकिन्छ। गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ। यो प्राकृति परविर्तन अनुसार अनुकूल बन्न जान्दैन। त्यसैले मानवीय चाप र प्रदूषणका कारण गोही दुलर्भ बन्दै गइरहेको हो। गोहीले पानीभित्रको इकोसिस्टमलाई कायम राख्छ।
गएको एक वर्ष मैले चितवनको नारायणी नदी र रापती सेरोफेरोमा गोहीका केही तस्बिर खिचेँ।
हेरौं गोहीका तस्बिरः







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।