काठमाडौं– कवि देवव्रतको शब्दमा नयाँ गीत ‘नरो ए कर्णाली’ सार्वजनिक भएको छ।
मंगलबार गायक तथा संगीतकार सजल न्यौपानेको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले कर्णालीको दु:ख र सम्भावनाको कथा भन्छ। गीतमा गायक सजलले नै संगीत र आवाज दिएका छन्।
गीतको भिडिओमा मोन् कपिल अन्जानले बटुलेका सुन्दर मोन्टाजहरू प्रयोग गरिएको छ। भिडिओको सम्पादन तथा कलरिङ सलिल न्यौपानेले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।