काठमाडौं– निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लगायतका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले सरकारको जवाफ माग्दै संसद अवरुद्ध गरेपछि सरकारको तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले जवाफ दिएका छन्।
कानुनमन्त्री ढकालले कांग्रेस सांसदहरुले इंगित गरेका घटनाहरुका अभियुक्तहरुलाई कडा से कडा कारबाही गर्ने प्रतिवद्धता जनाए। 'यी घटनासँग सम्बन्धित सबै अभियुक्तलाई उचित समयमा सरकारले कडा से कडा कारबाही गर्ने प्रतिबद्धता सरकारको तर्फबाट गर्न चाहन्छु', उनले भने, 'विषयसँग सम्बन्धीत यसका तथ्यगत र अन्य विभिन्न विषयहरु भोलि हुने संसदको बैठकमा सम्बन्धित मन्त्रीज्युबाट दिने ब्यहोरा जानकार गराउन चाहन्छु।'
कांग्रेस सांसद दिलेन्द्र बडुले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको, रोल्पा सुलिचौरको गोलिकाण्डमा रोहित चन्दको हत्या भएको र खोजतलास साप्ताहिकका सम्पादकलाई गिरफ्तार गरी अमानवीय ढंगले व्यवहार गरिएको भन्दै सरकारको जवाफ मागेका थिए।
यसैबीच कांग्रेसले अवरुद्ध गरेपछि १० मिनेटका लागि स्थगति भएको सांसद बैठक पुन सुचारु भएको छ।
निर्मला पन्त हत्या प्रकरण : कांग्रेसद्वारा संसद अवरुद्ध
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।