काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताएका छन्।
नेपाल पर्यटन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परेपनि सोचेअनुसार अघि बढ्न नसकेको बताए।
उनले नेपालको पर्यटन नेपालीपनको हुनुपर्नेमा आफूले जोड दिएको दोहो¥याउनु भयो । मन्त्री किराँतीले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेपनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको बताए।
उनले नेपालको स्थानीय पर्व र स्वादलाई ब्रान्डिङ गरेर पनि नेपालमा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सकिने उल्लेख गरे।
मन्त्री किराँतीले नेपालको प्रकृति र संस्कृतिको समायोजन गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने आवश्यक्ता औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।