काठमाडौं– इन्डियन आयल कर्पोरेशन आईओसीले इन्धनको मूल्य घटबढ गरेर पठाएको छ।
आइतबार नेपाल आयल निगमले दिएको जानकारी अनुसार भारतबाट घटबढ भएर आए पनि नेपालमा भने यथावत रहने भएको छ।
निगमका अनुसार भारतबाट पेट्रोलमा ४१ पैसा बढेर आएको छ भने डिजेलमा १२ पैसा र एलपी ग्यासमा २० पैसाले घटेर आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।