समार्रा (इराक)- इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आत्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा शनिबार गरेको आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ।
सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको यस आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका इराकी अधिकारी जानकारी दिएका छन्।
राजधानी बग्दादबाट करिब एक किलोमिटरमा उत्तरमा रहेको समार्रा क्षेत्रमा अवस्थित सो ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीहरुले सजिलै प्रवेश गरेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।
यस आक्रमणमा परी सातको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका प्रहरीले पुष्टि गरेको छ । यस हमलामा आत्मघाती आक्रमण र गोली प्रहार समेत गरिएको बताइएको छ।
खु्ट्टामा गोली लागेर अस्पताल भर्ना भएका ऊर्जा केन्द्रका एक कामदाका अनुसार स्थानीय समयानुसार शनिबार बिहान २ बजे गोली प्रहारको आवाजबाट आफू निन्द्राबाट उठेको एएफपी समाचार समितिलाई जानकारी दिएका छन्।
यस आक्रमणबाट कैयौँ ट्यांकर ट्रक क्षति भएको र आत्मघाती आक्रमणकारीहरु मध्ये एक भूइँमा लडेर रहेका समाचारदाताहरुले जानकारी दिएका छन्।
इद उल अदा उत्सवको पहिलो दिनमा नै यो आक्रमण भएको छ। रासस /एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।